मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • विर्सिन खोज्दा पनि जल्नु बाहेक केही छैन

विर्सिन खोज्दा पनि जल्नु बाहेक केही छैन

  • बिहिबार, माघ १९, २०७९
विर्सिन खोज्दा पनि जल्नु बाहेक केही छैन

शोकलाई शक्तिमा बदल्नु बाहेक केही छैन,
भन्छन् सम्झेर आफु गल्नु बाहेक केही छैन।

यो मनले कहाँ मान्छ यो त हुँदोरहिछ कम्लो,
विर्सिन खोज्दा पनि जल्नु बाहेक केही छैन।

सोंच्छु अब कहिल्यै आउँदैनन् दिन खुसिका,
तर जिउँदाको लागी मचल्नु बाहेक केही छैन।

भनिन्छ एउटाको स्थान आर्कोले पुरागर्छ अरे,
मलाई लाग्छ आफै समल्नु बाहेक केही छैन।

औडा झैँ लाग्यो ममताको आंचल हराए पछि,
लाग्यो शुनो घर सरिर ढल्नु बाहेक केही छैन।

चर्चामा

सम्बन्धित समाचार