शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पर्यटन
  • जनवरीमा भित्रिए ५५ हजार पर्यटक, सबैभन्दा धेरै भारतबाट

जनवरीमा भित्रिए ५५ हजार पर्यटक, सबैभन्दा धेरै भारतबाट

  • बिहिबार, माघ १९, २०७९
जनवरीमा भित्रिए ५५ हजार पर्यटक, सबैभन्दा धेरै भारतबाट

सन् २०२३ को पहिलो महिना (जनवरी) मा ५५ हजार पर्यटक नेपाल भित्रिएका छन्। पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीमा विभिन्न मुलुकबाट ५५ हजार ७४ जना पर्यटक भित्रिएका हुन्।

बोर्डकाअनुसार सबैभन्दा धेरै भारतबाट १६ हजार ४३६ पर्यटक नेपाल आएका छन्। त्यस्तै, अमेरिकाबाट ६ हजार ५६१, अष्ट्रेलियाबाट तीन हजार ४४१ र बंगलादेशबाट दुई हजार ४६८ पर्यटक भित्रिएका छन्।

कोरोना महामारीपछि नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भने हुन सकेको छैन। महामारी अघि सन् २०१९ को जनवरीमा ८१ हजार २७३ र सन् २०२० को जनवरीमा ७९ हजार ७०२ पर्यटक भित्रिएका थिए।

कोरोनाका कारण सन् २०२१ मा भने पर्यटकको संख्या घटेर ८ हजार ८७४ पुगेको थियो। सन् २०२२ को जनवरीमा १६ हजार ४३७ पर्यटक नेपाल आएका थिए।

चर्चामा

सम्बन्धित समाचार