बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • विचित्र संसार
  • संसारकै कञ्जुस करोडपति : भुपू लोग्नेको घरमा बस्ने, बिरालोको खानेकुरा समेत खाने

संसारकै कञ्जुस करोडपति : भुपू लोग्नेको घरमा बस्ने, बिरालोको खानेकुरा समेत खाने

  • बिहिबार, माघ १९, २०७९
संसारकै कञ्जुस करोडपति : भुपू लोग्नेको घरमा बस्ने, बिरालोको खानेकुरा समेत खाने

धन हुने सबै मानिससँग खर्च गर्ने मन हुँदैन भनिन्छ, त्यो सही नै हो जस्तो लाग्दछ । त्यसको उदाहरण चाहीँ ५१ वर्षकी करोडपति महिला एमी एलिजावेथ हुन् ।

अमेरिकाको लस भेगासमा बस्ने एमी आफूलाई संसारकी सबैभन्दा कञ्जुस करोडपति भन्न रुचाउँछिन् । आफूले कहिल्यै पनि कुनै नयाँ चिज खरीद नगर्ने र घरायसी खर्च कम गर्नका लागि कहिलेकाहीँ बिरालोको खानेकुरा समेत खाने उनले खुलासा गरेकी छिन् ।

एम्मीको कूल सम्पत्ति करीब ७० करोड नेपाली रुपैयाँ बराबर छ । तर करोडौँको सम्पत्तिकी मालिक एम्मीको खर्च भने फिटिक्कै छैन । उनले आफ्नो मासिक खर्चको बजेट तय गरेर राख्छिन् र त्यसभन्दा बढि सुको पनि खर्च गर्दिनन् ।

उनले आफ्ना लागि मासिक करीब १ लाख रुपैयाँको बजेट छुट्टाएकी छिन् । उक्त रकम भन्दा बढि खर्च नगर्नका लागि उनले खर्च कटौतीका अनेक तरिका अपनाएकी छिन् ।

जस्तै, उनले आफ्नो घरको वाटर हिटर एक मिनेट पनि बढि चलाउँदिनन् । घरका अन्य विद्युतीय उपकरण पनि काम सकिएपछि तत्कालै बन्द गर्छिन् । अझ रोचक त के भने उनी आफ्ना पूर्वपतिको घरमा बस्छिन् । घरको सरसफाइ पनि उनका पूर्व पतिबाटै गराउँछिन् । त्यसैले उनलाई आवासको खर्च लाग्दैन ।

एक टेलिभिजन कार्यक्रममा एम्मीले पैसा बचाउने सबैभन्दा विचित्र तरिकाको खुलासा गरेकी थिइन् । उनका अनुसार उनले कहिलेकाहीँ बिरालोको खाना समेत खाने गर्दछिन् । आफूले मात्र नभई कहिलेकाहीँ घरमा आउने पाहुनालाई समेत बिरालोको खाना दिने गरेको उनले स्वीकार गरेकी छिन् । बट्टामा बन्द भएका खानेकुरा महंगो पर्ने हुनाले उनले खुल्ला सामान खरीद गर्छिन् । मानिसहरुलाई आफ्नो बानी अनौठो तथा छुच्चो लाग्ने गरे पनि आफूलाई त्यसको कुनै परवाह नरहेको उनी बताउँछिन् ।

डेलीस्टारका अनुसार एम्मी एक सफल रियल स्टेट लगानीकर्ता, लेखिका तथा व्यावसायिक परामर्शदाता हुन् ।

चर्चामा

सम्बन्धित समाचार