बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • भुकम्पकको केन्द्रबिन्दु बिच्छयाँ सम्पर्क विहिन

भुकम्पकको केन्द्रबिन्दु बिच्छयाँ सम्पर्क विहिन

  • बुधबार, माघ ११, २०७९
भुकम्पकको केन्द्रबिन्दु बिच्छयाँ सम्पर्क विहिन

बाजुरा–मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छयाँ आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो । भुकम्प गएको बिच्छयाँको बारेमा अहिले सम्म कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी सुर्य बहादुर थापाले वताएका छन् ।
भुकम्पका कारण गौमुल गाउँपालिका २ की ३२ बर्षिय जमुना रोकायाको मृत्यु भएको थियो । दर्जनौ घर भत्काएको छ बिस्तृत बिवरण आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
भुकम्पको केन्द्रबिन्दु रहेको हिमाली गाउँपालिकाको बिच्छयाँको बारेमा भने सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ । बिच्छयाँ प्रहरी चौकीमा सम्पर्क हुन नसक्दा त्यहाँ के कति क्षति भयो कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । भुकम्प गएको बेला एकपटक सम्पर्क भएको थियो, त्यो बेला प्रहरी चौकी चर्कीएको नजिकैको घरहरु चेर्केको जानकारी आएको हो, त्यो पछि सम्पर्क हुन नकसेको डिएसपी थापाले वताए ।
बिच्छयाँ क्षेत्रमा हिमपात भइरहेका कारण फोन अबरुद्ध हुदा के कति क्षति भएको कुनै पनि विबरण नआएको प्रहरीले जनाएको । बिच्छयाँ प्रहरी चौकीमा सञ्चारसेट पनि नरहेको प्रहरीले जनाएको छ । केन्द्रबिन्दु भएको क्षेत्रमा राहत तथा उद्धारमा कठिनाइ भइरहेको हिमाली गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन । क्षतिको बिवरण आउन बाँकि रहेको छ, गाउँपालिका बाट त्यहाँ पुग्न दुइदिन लाग्ने गरेको भण्डारीले ,वताए ।
भण्डारीले भने सबै वडाअध्यक्षहरुलाई म्यासेज गरेका छौ, कुनै ठाउँमा पनि फोन सम्पर्क भइरहेको अवस्था नभएको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताएका छन । जिल्ला भर हिमपात र पानी परिरहेको कारण राहत तथा उद्धारमा समस्या भइरहेको छ ।
भेडा चराउन गएका गौमुल गाउँपालिका १ का एकका रामदल बोहोरा घाइते भएका छन । जंगलमा भेडा चराउन गएका बेला माथीबाट भिर फुटेर पहिरो जादा ५० देखी ६० भेडा पनि मरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार