शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • नेताको दन्तेकथा चुनावी घोषणापत्र मा

नेताको दन्तेकथा चुनावी घोषणापत्र मा

  • आइतवार, माघ १, २०७९
नेताको दन्तेकथा चुनावी घोषणापत्र मा

मन भित्र सधैभरी एउटा बिचार आउंछ,
यो देशमा कहिले हाम्रो सरकार आउंछ।

किन आउंदैन सु:ख शान्ति हाम्रो देशमा,
कुन्नि किन बिदेश बाट हतियार आउंछ।

आमूल परिवर्तनको खांचो छ यो देशमा,
किन क्रान्तिकारीको बिच दरार आउंछ।

पठाउंछन् नेता जनताले छानेर सदनमा,
फेरीपनि किनहो बिदेशी हक्दार आउंछ।

आलो पालो सत्तामा बसे देश भुट्नेहरू,
न बिकास भयो न यहां रोजगार आउंछ।

नेताको दन्तेकथा चुनावी घोषणापत्र मा,
चुनावसम्म भयपनि सारा संसार आउंछ।

चर्चामा

सम्बन्धित समाचार