बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा पनि मनाइयो आठौँ राष्ट्रिय योग दिवस 

बाजुरामा पनि मनाइयो आठौँ राष्ट्रिय योग दिवस 

  • आइतवार, माघ १, २०७९
बाजुरामा पनि मनाइयो आठौँ राष्ट्रिय योग दिवस 

बाजुरा — ’स्वास्थ्य जिवनको चाहाना,योग शिक्षा र चाहाना’ भन्ने नारासाथ आठौँ राष्ट्रिय योग दिवस बाजुरामा पनि मनाइएको छ । जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्रको आयोजनामा सो दिवस मनाएको हो ।

बाजुरामा प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको अध्यक्षतामा योगअभ्यास सहित संचालन गरिएको जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्रका नर्मदा कुवँरले बताएकी छन । जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्रको हलमा मनाएको सो कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी लगायत सर्बसाधारणको उपस्थिती रहेको थियो ।

मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ । प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवं साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ । कोभिड महामारीपछि योगको महत्व झन् बढ्दै गएको छ ।

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले ०७२ साउन २८ गतेबाट माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर संक्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार