शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  • शनिबार, पुस २३, २०७९
दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी –  दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर ५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। दुर्घटना हुँदा चालक लोकेन्द्र सिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

शुक्रबार राति ११ः३० बजे म १ त १११८ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्याक्टर सडकदेखि १०० मिटर तल खसेकोे प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार