शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • मृतक चेतन र सन्जिवकाे परिवारलाई १०/१० लाख दिने सरकारकाे निर्णय

मृतक चेतन र सन्जिवकाे परिवारलाई १०/१० लाख दिने सरकारकाे निर्णय

  • शुक्रबार, पुस २२, २०७९
मृतक चेतन र सन्जिवकाे परिवारलाई १०/१० लाख दिने सरकारकाे निर्णय

 सरकारले गत मंसिर ४ गते भएको संघीय संसदमा बाजुरामा चुनावी झडपका क्रममा मृत्यु भएका सन्दीप ऐडी र चेतन ऐडी १०/१० लाखको सहयोग गर्ने निर्णय गरेकाे छ।

पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।मंसिर ४ गते दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा कांग्रेसका कार्यकर्ता सन्जिप ऐडीको मृत्यु भएको थियो।

४ गते साँझ त्रिवेणी–७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको थियो।

चर्चामा

सम्बन्धित समाचार