शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • खेलकुद
  • क्यानले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी नेपाल टी-२० लिग खेल्न तयार

क्यानले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी नेपाल टी-२० लिग खेल्न तयार

  • मङ्लबार, पुस १९, २०७९
क्यानले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी नेपाल टी-२० लिग खेल्न तयार

काठमाडौं  –  पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेका नेपाल टी-२० लिगका खेलाडी र नेपाल क्रिकेट संघ क्यानबिच सहमति भएको छ । क्यानका पदाधिकारी र नेपाल टी-२० लिगका मालिकहरुले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी खेल्न तयार भएका छन् ।

र काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल २ घन्टापछि सुरु भएको छ ।

खेलाडीले टस गर्न नमानेपछि ढिलो गरि सुरु भएको खेल ९ ओभरमा झारिएको छ ।

खेलमा टस जितेर काठमाडौं नाइट्सले पहिला ब्याटिङ रोजेको छ ।

नेपाल टी-२० लिगको कमर्सियल तथा स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन अहलुवालिया पैसा नदिइ भागेको हल्ला फैलिएपछि खेलाडीले टस गर्न मानेका थिएनन् ।

तर जतिनले आफू बैंक ट्रान्सफरको काम मिलाउनका लागि भारत आएको बताएका छन् । अनलाइनखबरको सम्पर्कमा आएका उनले आफू नभागेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार