सोमवार, माघ १६, २०७९
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बैंकको एटीएम फोड्दा-फोड्दै युवक पक्राउ

बैंकको एटीएम फोड्दा-फोड्दै युवक पक्राउ

  • सोमवार, पुस १८, २०७९
बैंकको एटीएम फोड्दा-फोड्दै युवक पक्राउ

काठमाडौं – प्रहरीले एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय प्रकाश मगर रहेका छन् ।

आइतबार राति चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दा-फोड्दैको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार