शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • आर्थिक अभाबमा खप्तड छेडेदहका एक मुटु रोगि बच्चाको उपचारमा समस्या

आर्थिक अभाबमा खप्तड छेडेदहका एक मुटु रोगि बच्चाको उपचारमा समस्या

गाउँपालिका भन्छ :- सहयोग गर्ने कार्यविधि छैन्

  • आइतवार, पुस १७, २०७९
आर्थिक अभाबमा खप्तड छेडेदहका एक मुटु रोगि बच्चाको उपचारमा समस्या

टेक बहादुर बुढा–आर्थिक अभाबमा १३ महिनाको मुटु रोगि बच्चाको उपचारमा समस्या भएको छ । खप्तडछेडेदह गाउँपालिका ५ डोगडि बस्ने दुर्गा देबी रावतको १३ महिनाको छोरा सन्दिप रावत पैसा नहुदा अलपत्र अबस्थामा रहेका छन् ।
सन्दिपको मुटुको समस्या सँगै कडा कुपोषित समेत रहेको अस्पताल बाजुराले जनाएको छ । अस्पताल बाजुरामा चेकजाँच गर्दा सन्दिपको मुटुमा समेत समस्या रहेको डा. जस्मिता बलमपाकीले वताएकी छन् । मुटुमा समस्या सँगै कडा कुपोषित समेत रहेको बलमपाकीले वताईन् ।
कुपोषणको उपचार जिल्ला अस्पताल बाजुरामा हुने भएपनि मुटुको उपचारका लागि काठमाडौ रिफर गरेको अस्पताल बाजुराले जनाएको छ । मुटुको उपचार गर्न काठमाडौ रिफर गरेको भएपनि परिवार सँगै पैसा नहुदा अस्पताल बाजुरामा नै अक्सिजन मार्फत सन्दिपको कुपोषणको उपचार भइरहेको डा. बलमपाकीले वताईन् । मुटुको उपचारका लागि भने काठमाडौ अनिवार्य लिनुपर्ने वताईन् ।
बच्चा कुपोषित देखीएपछि आफन्तले स्थानिय डोगडि स्वास्थ्य चौकीमा उपचारका लागि लगेको थिए । डोगडि स्वास्थ्य चौकीले कडा कुपोषित रहेको भन्दै अस्पताल बाजुरामा रहेको पोषण पुर्नस्थापना केन्द्रमा रिफर गरेको थियो । अस्पताल बाजुरामा चेकजाँच गर्दा कुपोषण सँगै मुटुमा समेत समस्या देखिएपछि काठमाडौ रिफर गरेको थियो ।
अस्पतालले गंगलाल हृदय निवारण केन्द्रमा रिफर गरेको छ, पैसा नहुदा अस्पताल बाजुरामा राखेको सन्दिपका बुवा पदम रावतले वताए । पदमले छोरा बचाउनका लागि हारगुहार गरिरहेका छन् । सन्दिपलाई अक्सिजनको साहारामा काठमाडौ लिनुपर्ने रहेको छ ।
अस्पताल बाजुराका चिकित्सका अनुसार सन्दिपलाइ एम्बुलेन्स मार्फत लिनुपर्ने वताएका छन् । बाजुरा देखी एम्बुलेन्सको भाडा मात्र ५५ हजार भन्दा बढी लाग्ने गरेको छ । बिरामीका आफन्त सँग एक बोतल पानि किन्ने पैसा समेत नभएको छ । गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले भाडाको लागि कार्यपालिकाको बैठकको निर्णय बाट मात्र गर्न सकिने वताएका छन् । पालिकामा जटिल खाले बिरामीका लागि ऐन निति नबनेकाले उपचार खर्च सहयोग गर्न समस्या भएको रावतले वताए । कार्यपालिकामा छलफल गरेर मात्र सहयोग गर्न सकिने रावतले थपे ।

चर्चामा

सम्बन्धित समाचार