• होमपेज
  • प्रदेश ७
  • कैलालीमा लागु औषध सहित एक जना पक्राउ

कैलालीमा लागु औषध सहित एक जना पक्राउ

  • आइतवार, पुस १७, २०७९
कैलालीमा लागु औषध सहित एक जना पक्राउ

धनगढी – कैलालीमा लागु औषध सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जानकी गाउँपालिका वाड नं. २ खर्गुवार बस्ने २३ वर्षीय सुदिप चौधरी चौधरी रहेका छन्।

ईलाका प्रहरी कार्यालय भजनीबाट धर्मेन्द्र खड्काको कमाण्डमा खटिएकोे गस्ती टोलीले शनिबार ५ बजेतिर भजनी न.पा. वडा नं. ३ कुसुमघाट स्थित भित्री सडकखण्डमा भारतबाट नेपाल तर्फ आउदै गरेका चौधरीलाई शंका लागि चेकजाँज गर्ने क्रममा ४७० मिलिग्राम लागु औषध खेरो हेरोईन जस्तो देखिने खैरो रंगको धुलो पदार्थ फेला पारि उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ।

यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार