बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • समाज
  • कैलालीको गौरीगंगामा हाइस दुर्घटना, एक जनाको मृत्यु, १८ जना घाइते

कैलालीको गौरीगंगामा हाइस दुर्घटना, एक जनाको मृत्यु, १८ जना घाइते

  • शनिबार, पुस १६, २०७९
कैलालीको गौरीगंगामा हाइस दुर्घटना, एक जनाको मृत्यु, १८ जना घाइते

धनगढीः कैलालीको गौरिगंगामा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनवेहडामा हाइस दुर्घटना भएको हो। कञ्चनपुरको महेन्द्रनगरबाट लम्कीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४०६ नम्बरको हाइस दुर्घटनामा परेको थियो।

दुर्घटनामा लम्की–चुहा नगरपालीका वडा नम्बर १ की ७३ बर्षिया कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइतेहरुलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि पठाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। घाइतेहरुको पहिचान खुल्न बाँकी छ।

चर्चामा

सम्बन्धित समाचार