शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • फुटबल
  • रोनाल्डो साउदी अरबको अल नासरमा अनुबन्धित

रोनाल्डो साउदी अरबको अल नासरमा अनुबन्धित

  • शनिबार, पुस १६, २०७९
रोनाल्डो साउदी अरबको अल नासरमा अनुबन्धित

रियाद : पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले साउदी अरबको अल नासर क्लबसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन्। विवादास्पद अन्तर्वार्तापछि रोनाल्डो नोभेम्बरमा म्यानचेस्टर युनाइटेडसँगको सम्झौता तोडेका थिए।
रोनाल्डोले विश्व फुटबलकै सर्वाधिक पारिश्रमिक पाउने गरी सम्झौता गरेका छन्। उनले प्रत्येक वर्ष एक सय ७७ मिलियन पाउन्ड कमाउने छन्।

‘नयाँ फुटबल लिगको अनुभव लिन आत्तुर छु,’रोनाल्डोले भनेका छन्, ‘मैले युरोपेली फुटबलमा सबै थोक जित्न पाएँ, र त्यो अनुभव एसियामा साट्ने यो सही समय हो जस्तो लाग्छ।’

साउदी प्रो लिगको ९ पटक च्याम्पियन भइसकेको नासरले रोनाल्डोको अनुबन्धनलाई इतिहास बनिरहेको बताएको छ। रोनाल्डोले सुरुआती दुई खेल गुमाउने छन्। युनाइटेडबाट अन्तिम खेलमा समर्थकको मोबाइल फुटाइदिएका रोनाल्डोमाथि घरेलु लिगका दुई खेलको प्रतिबन्ध छ।

चर्चामा

सम्बन्धित समाचार