आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • सुचना दिनु जनताप्रति जवाफदेही हो : प्रमुख आयुक्त गुरुङ

सुचना दिनु जनताप्रति जवाफदेही हो : प्रमुख आयुक्त गुरुङ

  • बिहिबार, पुस १४, २०७९
सुचना दिनु जनताप्रति जवाफदेही हो : प्रमुख आयुक्त गुरुङ

बाजुरा–सुचना आयोगका प्रमुख आयुक्त महेन्द्र मान गुरुङले सुचना दिनु नै जनता प्रति जवाफदेखी हुने वताएका छन् । सार्वजनिक निकायले सुचना प्रवाह गर्नुनै पारदर्शिता मात्र नभइ जनता प्रति उत्तरदायी रहेको प्रमुख आयुक्त गुरुङले बाजुरा भएको सुचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा वताएका छन् ।
आयुक्त गुरुङले सहि रुपमा सुचना दिने तथा प्रकाशन गनुपर्ने आयुक्तले उक्त कार्यक्रममा सहभागिलाई वताएका छन् । बाजुराको सदरमुकाम मार्तडीमा राष्ट्रिय सुचना आयोगको आयोजनामा सुचना हाम्रो अधिकार ः सुशासन र विकासको आधार भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एंब समुहहरु सँग उक्त कार्यक्रम भएको राष्ट्रिय सुचना आयोगका सचिब दिवस आचार्यले वताएका छन् । कार्यक्रममा राष्ट्रिय सुचना आयोगका सचिब दिवस आचार्यले सुचनाको हक सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा सुचना सम्बन्धि पाउने कानुनी कुरा र सुचना लिदा कसरि लिने तथा दिने बारे प्रस्तुत गरिएको थियो । छलफलमा सहभागिले सहज रुपमा सुचना नपाउने गरेको दिने निकायले पनि सहजै सुचना नदिने गरेको जनाएका थिए । कार्यक्रममा सहभागि पत्रकार दयाराम पण्डितले धेरैले सुचना पाउनुपर्ने तथा दिनुपर्ने समेत आम नागरिकलाई जानकारी नभएको वताएका छन् ।
सार्वजनिक निकायले तिन महिनामा स्वतहः आफ्नो कामका गतिबिधि अनिवार्य प्रकाशन गर्नुपर्ने ब्यबस्था भएपनि बाजुरामा भने कुनै पनि निकायले सार्वजनिक नगर्ने गरेको छलफल बाट आएको थियो । सुचना माग गर्दा सुचना अधिकारीलाइ पनि सुचना सम्बन्धि जानकारी नहुने तथा कार्यलय प्रमुख तथा शाखा प्रमुखले सुचना नदिने गरेको सहभागिले वताएका छन् ।
बाजुरा जस्ता पछाडि परेका जिल्लामा अझै सुचनाको हकका बारेमा आम नागरिकलाइ जानकारी गराउनु पर्ने सहभागिले वताएका छन् । कार्यक्रमको अध्यक्षता सुचना आयोगका प्रमुख आयुक्त महेन्द्र मान गुरुङले गर्नु भएको थियो । कार्यक्रममा बडिमालिका नगरपालिका नगरप्रमुख अम्मर खड्का लगायत जनप्रतिनिधि, कार्यलय प्रमुख, नागरिक समाज लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रङ्गमल बिकले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार