बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • खेलकुद
  • नेपाल टी–ट्वान्टी : आज दुई खेल हुँदै

नेपाल टी–ट्वान्टी : आज दुई खेल हुँदै

  • आइतवार, पुस १०, २०७९
नेपाल टी–ट्वान्टी : आज दुई खेल हुँदै

काठमाडौं –  शनिबारबाट काठमाडौंमा जारी रहेको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज आइतबार दुई खेलको आयोजना हुँदैछ। आईतबारको पहिलो तथा प्रतियोगिताको तेस्रो खेलमा लुम्बिनी अल स्टार र विराटनगर सुपर किंग्सको बीचमा खेल हुँदैछ। पहिलो खेल बिहान ९ः१५ बाट सुरु हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा लिगको पहिलो संस्करण जारी रहेको हो। पहिलो खेल खेल्न लागेको विराटनगर जितका साथ प्रतियेगिताको सुरुआत गर्न चाहान्छ। पहिलो खेलमा फार वेस्टर्न युनाईटेडलाई सहज रुपमा पराजित गरेको लुम्बिनी लगातार दोस्रो जित हात पार्न चाहान्छ।

पहिलो खेलमा जित हात पारेको लुम्बिनी २ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। आइतबार नै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्स बीच खेल हुँदैछ। खेल दिउसो १ः१५ बाट सुरु हुनेछ। दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ।

डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ। यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ। यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ। त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन्।

इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ। प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ। यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार