बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • खप्तड छेडेदहले अनधिकृत संरचना हटाउन निर्देशन

खप्तड छेडेदहले अनधिकृत संरचना हटाउन निर्देशन

  • मङ्लबार, पुस ५, २०७९
खप्तड छेडेदहले अनधिकृत संरचना हटाउन निर्देशन

बाजुरा – १५ दिन भित्र अनधिकृत संरचना हटाउन खप्तड छेडेदह गाउँपालिकाले निर्देशन दिएको छ । सोमबार एक सुचना जारी गदै गाउँपालिकाको वडा नंः५ देखि वडा नंः ३ को गैरिखाद सम्म सडक निर्माण तथा बिस्तार कार्य सञ्चालन हुन गइरहेको हुँदा संरचना हटाउन निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले बताएका छन । उक्त सडक खण्ड भित्र सडक मापदण्ड विपरित तथा सडक छेउछाउ अनधिकृत रुपमा निर्माण गरेका पसल, घर, टहरा लगायतका संरचनाहरु हटाउनु सुचना गरिएको प्रमुख प्रशासकिय अधिकृत जोशीले बताए ।
उक्त संरचना सुचना प्रकाशित भएको १५ दिन भित्र हटाईसक्न निर्देशन दिएको अधिकृत जोशीले बताए । यदि सो दिनसम्म पनि संरचनाहरु नहटाईएमा गाउँपालिका हटाउन बाध्य हुने पनि प्रमुख प्रशासकिय अधिकृत जोशीले बताएका छन । साथै आवश्यक सुचना तथा सहजीकरण गरि दिन वडा कार्यालयहरुलाइ गाउँपालिकाले अनुरोध गरेको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार