शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • अस्पताल बाजुरामा चिकित्सक नहुदा भाग्यले बाटोमा बच्चा जन्माईन

अस्पताल बाजुरामा चिकित्सक नहुदा भाग्यले बाटोमा बच्चा जन्माईन

  • बिहिबार, मंसिर २९, २०७९
अस्पताल बाजुरामा चिकित्सक नहुदा भाग्यले बाटोमा बच्चा जन्माईन

बाजुरा–बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ बर्षिय भाँग्य चदारा बाटोमा बच्चा जन्माएकि छन् । सुत्केरी हुन नसकेकी भाग्यलाइ अछामको बयलपाटा अस्पतालमा लिने क्रममा बुढिगंगा नगरपालिकाको बार्जुगाड नजिकै बाटोमा छोरा जन्माएकि छन् ।
गौमुल गाउँपालिका बाट जिल्ला अस्पताल बाजुरामा रिफर गरेको भएपनि अस्पताल बाजुरामा आकस्मिक प्रसुति सेवा दिने चिकित्सक नहुदा अछाम रिफर गरेको थियो । बयलपाटा नपुग्दै बाजुराको बार्जुगाडमा बच्चा जन्माएको अनमि रमा रोकायाले वताईन् ।
अस्पताल बाजुरामा आकस्मिक प्रसुति सेवा भएपनि १ हप्ता यता चिकित्सक नहुदा जटिल खाले गर्भवती आमालाई रिफर गर्ने गरेको थियो । अस्पताल बाजुरामा तालिम प्राप्त चिकित्सक भएको भए भाग्यले बाटोमा बच्चा नजन्माउनु पर्ने अनमी रमाले वताईन् ।
तालिम प्राप्त चिकित्स डा. सुनिल कमार शाह, डा. बिपुल चौधरी र डा. जस्मिता बलमपाकी बिदामा गएपछि अस्पताल बाजुरामा आकस्मिक प्रसुति सेवा बन्द भएको हो । अस्पताल बाजुरामा कार्यरत डा. दिपेन्द्र बुढाले भने काठमाडौ परिक्षाको लागि बिदामा गएपछि सेवा अबरोध भएको वताए ।
भाग्य मात्र नभई बाजुरामा धेरै आमा बाटोमा बच्चा जन्माउने गरेका छन् । हिमाली गाउँपालिका १ को बामु बस्ने नानी रोकायाले बाटोमै बच्चा जन्माईन् । सुत्केरी ब्यथा लागेपछी ३ घण्टा टाढा रहेको बामु आधारभुत स्वास्थ्य सेवा केन्द्रमा लग्दै गर्दा बाटामै बच्चा जन्माईन् ।
स्वास्थ्य संस्था टाढा भएकाले लिदै गर्दा उनले बाटोमा बच्चा जन्माउनु परेको हो । त्यस्तै हिमाली गाउँपालिका २ नातिखोला बस्ने २३ बर्षिय पार्वती बुढाले स्वास्थ्य चौकी आउने बेला बाटोमै बच्चा जन्माईन् । वडा नम्बर १ मा रहेको बिच्छयाँ स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिन जाने बेला बिच बाटोमै पार्वतीले छोराको जन्म दिईन् ।
स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी ३५ बर्षिय कार्तिका बिकले एक महिना पहिला बाटोमा बच्चा जन्माएकि छन् । सुत्केरी ब्यथा लाग्ने बित्तिकै आफन्तले स्वास्थ्य केन्द्रमा लिदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको स्थानिय बल बहादुर बिकले वताए ।
यी त केही उदाहरण हुन्, बाजुराको दुर्गम गाउँका आमाहरु बाटोमा र घरमा बच्चा जन्माउने संख्या निकै रहेको बिच्छयाँ स्वास्थ्य चौकिमा कार्यरत विमला पाण्डेले वताईन् ।
बाजुरामा ३ बर्ष यता ८ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले वताए । अर्को सुत्केरी भएको बेला आराकम गर्नुपर्ने, पोषिलो खानेकुरा नखाने, कडा परिश्रमले सुत्केरी महिला ज्यान गुमाउने गरेको उनले वताए । बाजुरामा तथ्याङ्क कुनै नभएपनि एक महिना एक देखी दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेको खडकाले वताए ।
हुनत सरकारले हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेको छ, तर पनि सुत्केरी महिला मर्नेक्रम रोकिएको छैन । बाजुराका आमाहरुको प्रजनन स्वास्थ्य निकै बेजोग रहेको छ । कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँच बाट बिमुख जस्ता समस्याले आमाहरुको ज्यान निकै जोखिम बन्दै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार