बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका तीन पालिकाले बनाए सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार कार्ययोजना

बाजुराका तीन पालिकाले बनाए सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार कार्ययोजना

  • बिहिबार, मंसिर २९, २०७९
बाजुराका तीन पालिकाले बनाए सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार कार्ययोजना

बाजुरा — बाजुराका ३ स्थानिय तहले सुरक्षित मातृत्व प्रजनन स्वास्थ्य अधिकार प्रवर्धनका लागि कार्ययोजना बनाएका छन । बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका र गौमुल गाउँपालिकाले सुरक्षित मातृत्व प्रजनन स्वास्थ्य अधिकार संग सम्बन्धी कार्यक्रमहरु समावेश गरि कार्ययोजना तयार गरेका हुन ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (ग्ल्ँएब्) तथा फाया नेपालको प्राविधिक सहयोगमा सो कार्ययोजना बनाएको यूएनएफपिए बाजुराका जिल्ला सयोजक आत्मराम न्यौपानेले बताए ।
जिल्ला सदरमुकाम मार्तडीमा आयोजित सुरक्षित मातृत्व प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ तथा दिगो विकास लक्ष्यलाई पुरा गर्ने उदेस्यका साथ सो योजना बनाएको स्थानिय तहरुले जनसंख्या तथा वातावरण सम्बन्धि अन्तरास्ट्रिय भेला बाट सो योजना बनाएर अगाडी बढ्ने स्थानिय तहका जनप्रतिनिधीहरुले बताएका छन ।

No description available.
नेपाल सरकारका रास्ट्रिय तथा अन्तरास्ट्रिय प्रतिवद्धताहरुलाई स्थानीयकरण गर्ने सम्बन्धमा आयोजित दुई छुट्टाछुट्टै छलफल कार्यक्रमहरुमा तीन पालिकाका मेयर, उपमेयर, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कार्यकारी प्रमुख, स्वास्थ्य शाखा संयोजक लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागितामा पालिका स्तरीय कार्ययोजना तयार गरिएको यूएनएफपीए बाजुराका संयोजक न्यौपानेले बताएका छन ।
सुरक्षित मातृत्व प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५, दिगो विकास लक्ष्य, जनसंख्या तथा वातावरण सम्बन्धि अन्तरास्ट्रिय भेलामा निर्दिष्ट कार्यक्रमका क्षेत्रहरु सो योजनामा समाबेश गरिएको युएनएफपिएले जनाएको छ । नेपाल सरकारका रास्ट्रिय तथा अन्तरास्ट्रिय प्रतिवद्दताहरुलाई मध्यनजर गर्दै कार्ययोजना तयार गरी सो योेजना कार्यन्वयन गर्ने बुढीगंगा नगरपालिका नगर प्रमुख राम बहादुर बानियाले बताएका छन ।
तयार गरिएको कार्ययोजनाका कार्यक्रमहरुलाई हिउँदे अधिवेशन मार्फत प्राथमिकतामा राखेर बार्षिक नीति तथा योजना र बजेटमा समावेश गरि कार्यन्वयन गर्दै अगाडी बढ्ने पनि कार्यक्रमका जनप्रतिनिधीहरुले बताएका छन ।

No description available.
कार्ययोजनामा सन् २०३० सम्ममा मातृ मृत्यू ७० भन्दा कम गर्ने तथा रोकथाम गर्न सकिने कुराहरु समेत समाबेश गरिएको जनाएको छ । मातृ मृत्युलाई शुन्यमा झार्ने, परिवार नियोजनका साधनहरुको प्रयोग दर ६५ प्रतिशत पुर्याउने तथा परिवार नियोजनका साधनहरुको अपुग मागलाई शुन्यमा झार्ने लगायतका कृयाकलापहरु कार्ययोजनामा समाबेश गरी कार्यान्वयन गर्ने स्थानिय तहहरुले जनाएका छन । महिला तथा किशोरीबिरुद्द हुने सबै प्रकारका हिंसा तथा बाल बिवाह, छाउपडी, लिङ्ग पहिचान गरि भुण हत्या जस्ता हानिकारक अभ्यासहरुको अन्त्य गर्र्न सो योजनाले सघाउँ पुग्ने स्थानिय तहका जनप्रतिनिधीहरुले बताएका छन ।
हरेक दम्पतिलाई स्वैच्छिक परीवार योजना सेवामा पहुँच सुनिश्चित गर्ने, परिवार योजनामा लगानी वृद्दि गर्ने लगायतका दिगो बिकासका लक्ष्यहरु तथा ३ रुपान्तरणकारी नतिजाहरु हासिल गर्न सो योजनाको उदेस्य रहेको यूएनएफपिए बाजुराले जनाएको छ । स्थानीय प्रजनन स्वास्थ्य प्राविधिक कार्य समिति गठन गरीने, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धि स्थानीय नीति निर्माण गरी अगाडी बढ्न सो कार्ययोजनाले सघाउ पुग्ने बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापाले बताएकी छन ।
सो नीतिको कार्यन्वयनका लागि रणनीतिक कार्ययोजना तर्जुमा गरि लागु गर्ने स्थानिय तहरुले जनाएका छन । यौन तथा प्रजनन स्वास्थ्य सेवाको विस्तार तथा गुणस्तर बृद्दीका लागि सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको क्षमता बिस्तार, औषधी, उपकरण तथा पूर्वाधार व्यवस्थापन सेवा सुध्रिढीकरण् गर्ने सो कार्ययोजनामा उल्लेख गरिएको जनाएको छ । दिर्घकालिन लक्ष्यहरु समावेश गरि कार्ययोजना तयार गरिएको र सो कार्ययोजनाको कार्यन्वयन संघीय, प्रादेशिक, स्थानीय सरकारहरु तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको समन्वय तथा आर्थिक-प्राविधिक सहयोगमा एक कार्यक्रमका विच सो कार्ययोजना बनाएको युएनएफपिएले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार