शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खाना
  • कैलालीमा सरकारी कोटाको धान खरिद सुरु

कैलालीमा सरकारी कोटाको धान खरिद सुरु

  • बुधबार, मंसिर २८, २०७९
कैलालीमा सरकारी कोटाको धान खरिद सुरु

कैलाली – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारले निर्धारण गरेको कोटाअनुसार मंगलबारदेखि धान खरिद गर्न थालेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सुदुरपश्चिम कार्यालय प्रमुख इन्जिला बस्नेतका अनुसार मंगलबारदेखि कैलालीको मोहनपुर, टीकापुर र शत्तिmबाट धान खरिद सुरु गरिएको हो । पहिलो दिन तीनवटै केन्द्रबाट एक हजार क्विन्टल धान खरिद भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १६ कात्तिकको मोटा धानको न्यूनतम मूल्य दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य तीन हजार एक सय २८ कायम गरेको थियो । कात्तिकमै धानको समर्थन मूल्य निर्धारण गरिएको भए पनि धान खरिदको अधिकार नदिँदा खरिद प्रक्रिया सुरु हुन सकेको थिएन ।

कैलालीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसी शक्रबार तीन स्थानबाट धान खरिद गर्ने निर्णय गरिएको थियो । कैलालीमा यस वर्षका लागि ४० हजार क्विन्टल धान खरिद गर्न केन्द्रबाट स्वीकृति आएको प्रदेश कार्यालय प्रमुख बस्नेतले बताइन् ।

चर्चामा

सम्बन्धित समाचार