शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • कालाजग्रामा अव टेलिस्कोप र वाईनाकुलरबाट दृस्याअवलाेकन गर्न सकिने

कालाजग्रामा अव टेलिस्कोप र वाईनाकुलरबाट दृस्याअवलाेकन गर्न सकिने

  • मङ्लबार, मंसिर २७, २०७९
कालाजग्रामा अव टेलिस्कोप र वाईनाकुलरबाट दृस्याअवलाेकन गर्न सकिने

बाजुरा — बडिमालिका नगरपालिका वडा न ७ मा रहेको धार्मिक तथा पर्यटकीयस्थल कालाजग्रा टाईगर हिल डाडाँबाट अवदेखी टेलिस्कोप र वाईनाकुलरबाट दृस्यवलोकन गर्न पाईने भएको छ । मंगलबार पुर्व उध्योग मन्त्री तथा नेकपा एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापा र निवर्तमान प्रतिनिधी सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य लाल बहादुर थापाले कालाज्रगा टाईगर हिलमा बाईनाकुलर टेलीस्कोप सेवाको उद्धघाटन गरेको बडिमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।
आखाको दृस्टीबाट पर सम्मका दृस्यहरुको अवलोकनका लागि कालाजग्रा पर्यटन प्रबद्धन बिकास समितिले बाईनाकुलर टेलीस्कोप समेत खरिद गरी ल्याएको र यसले गर्दा दृस्यअवलोकनमा सहज हुने वडा अध्यक्ष पाध्यायले बताए । पछिल्लो समय कालाज्रगा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । कालाजग्रामा पदमार्ग निर्माणसँगै कालाजग्राको प्रचारप्रसार भएपछि आन्तरिक पर्यटकहरुको प्रमुख आकर्षणको केन्द्र बनेको बडिमालिका नगरपालिका-७ का अध्यक्ष पाध्यायले बताएका छन् ।

No description available.
बाईनाकुलर टेलीस्कोपको दृस्यवलोकन पश्चात सो ठाउँ साच्चिकै पर्यटकको लागि उपयुक्त ठाउँ रहेकोले यसको बिकासका लागि सबैले लाग्नुपर्ने पुर्व उध्योग मन्त्री कर्णबहादुर थापाले बताएका छन । कालाजग्रा पर्यटक लागि धेरै टाढा पनी नहुने र असहज पनी नुहने सदरमुकाम नजिकको गन्तब्यको रुपमा बिकास गर्नुपर्ने थापाले बताए ।
त्यसै गरी सोही ठाउँमा पहिलो पटक पुगेको निवर्तमान सांसद लाल बहादुर थापाले कालाजग्रा क्षेत्रको बिकास र प्रर्बद्धनका लागि पहल गर्न पछी नहट्ने बताएका छन ।
सदरमुकाम मार्तडीबाट ढम्कनेसम्म गाडीमा जान सकिन्छ । ढम्कनेबाट करिब ३ किलोमिटर पदमार्ग निर्माण भएको छ । पदमार्ग निर्माण हुँदा कालाजग्रा जानआउन सहज भएको छ । पहिला बाटो अप्ठ्यारो रहेको थियो अहिले बाटो बन्दा जान निकै सहज भएको कालाजग्रा पर्यटन प्रबद्धन समितिका अध्यक्ष लोकेन्द्र बहादुर रोकायाले बताएका छन ।
कालाजग्रा सदरमुकाम मार्तडीबाट २१ किलोमिटर पूर्वोत्तरतर्फ करिब ३२ सय मीटरको उचाईमा अवस्थित रहेको छ । कालाजग्रा दुईटा हिमालको बीच भाग सिंहको आकृतिमा देखिन्छ । पछिल्लो समय कालाजग्रा डाडाँलाई टाईगर हिलको रुपमा परिभाषीत गरीएको छ । सो डाडाँमा बाघहरुको ओहोर दोहोर गर्ने ठाउँ भएकोले सो ठाउँको नाम टाईगर हिल भन्न थालिएको छ । मनमोहक आकृति बोकेको कालाजग्रा हिमालको टुप्पो कालाजग्रा देवीको उत्पत्तिस्थल रहेको विश्वासका आधारमा जिल्लावासीले “कालाजग्रा देवी’’ का नामले श्रद्धा भक्तिपूर्वक पुकार्दछन् ।

No description available.
कालाजग्रा हिमाल बाजुराको पूर्वोत्तर र दक्षिणी क्षेत्रको दोसाँधमा अवस्थित छ । चट्टान भित्रको गुफाताल र हिमालको शिरानीमा रहेको मन्दिर क्षेत्र यस क्षेत्रका मुख्य आकर्षणले पर्यटक तानिरहेको छ । ढम्कने गाउँदेखि करिब डेढ घण्टाको उकालो चढ्दै पोरखे लेक छिचोलेपछि सुरुमा कालाजग्रा गुफाताल पुगिन्छ ।
तालको नजिकै पुग्दा माथिपट्टि तपाईको आगमनलाई स्वागत गर्न बसेझै लाग्ने सेताब्य हिमाल देखापर्छन । हिमालको आकर्षण संगै प्रकृतिको दुर्लभ उपहार झै लाग्ने चट्टान भित्रको गुफाताल र मन्दिर क्षेत्र हो ।
गुफाभित्र रहेको तालको गहिराइ, लम्बाइ लगायत क्षेत्रफलका बारेमा हालसम्म कुनै प्राविधिक अध्ययन हुन सकेको छैन । गुफातालदेखि थप ठाडो उकालो चढेपछि पुगिने कालाजग्रा मन्दिर क्षेत्रको रमणीयता त झन बेग्लै रहेको छ । कालाजग्रा माईको मन्दिर रहेको टुप्पोमा पुगिसकेपछि थकाईले लखतरान परेको शरीर भित्रको मन समेत चङ्गा हुने गरेको त्यहाँ पुगेकाले वताँउछन् ।
कालाजग्रा बाट दृश्यावलोकन हुने बडिमालिकाका फाँटहरु, कर्णाली नदी लगायत कणर्ाली क्षेत्रका विभिन्न स्थानहरु, दक्षिणमा बझाङ, अछाम, डोटीसम्मका दृष्यहरु अवलोकन गर्न पाइन्छ ।

चर्चामा

सम्बन्धित समाचार