आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा सुत्केरी भत्ता उदारो, आफ्नो तलबबाट दिन्छन् स्वास्थ्यकर्मी

बाजुरामा सुत्केरी भत्ता उदारो, आफ्नो तलबबाट दिन्छन् स्वास्थ्यकर्मी

  • आइतवार, मंसिर २५, २०७९
बाजुरामा सुत्केरी भत्ता उदारो, आफ्नो तलबबाट दिन्छन् स्वास्थ्यकर्मी

टेक बहादुर बुढा–जिल्ला अस्पताल बाजुरामा अस्पतालमा सुत्केरी गराए बाफत पाउने सुत्केरी भत्ता उदारो राख्ने गरेको छ । साउन यता अस्पतालमा १ सय ४८ जनाले सुत्केरी गराएको भएपनि १ सय ३२ जनाको सुत्केरी भत्ता उदारो रहेको अस्पतालमा कार्यरत निशा रोकायाले वताईन् ।
साउन देखी बजेट निकाशा नभएको भन्दैमा सुत्केरी महिलाले पाउने प्रोत्साहन भत्ता दिन नसकेको रोकायाले वताईन् । १६ जना सुत्केरी आमाको भने आफ्नै तलब बाट सुत्केरीलाई भत्ता दिएको रोकायाले थपिन् । १६ जना टाढा रहेका र दोस्रो पटक अस्पतालमा आउन नसक्ने भएकाले तलब बाट भत्ता दिएको वताईन् । कार्यलयमा सुत्केरी भत्ता माग गरिरहेको निकाशा नआएको भन्दै दिन नसकेको वताईन् ।
स्वास्थ्य संस्थामा सुत्केरी गराए बाफत हातमै पैसा दिनुपर्ने सरकारले ब्यबस्था गरेको छ । बाजुरा हिमाली जिल्ला पर्ने भएकाले यातायात खर्च बाफत ३ हजार नियमित गर्भजाँचको ८ सय गरि ३८ सय पाउने व्यबस्था रहेको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर बढाउनका लागि राज्यले सुत्केरी भत्ता दिदै आएको हो ।
सुत्केरी भएको समयमै हातमा पैसा दिन्छन्, भन्थे तर आफ्नो श्रीमतीले अस्पतालमा बच्चा जन्माएको भएपनि पैसा नभएको बडिमालिका ९ धिरज बिकले वताए । अहिले पैसा छैन् पछि आएपछि खबर गर्छु भनेका छन्, पछि दिन्छन्, या दिदैन्न कुनै जानकारी नभएको धिरजले वताए ।
अस्पताल बाजुराका प्रमुख डा. मिलन जोशीका अनुसार बजेट निकाशा ढिला भएकाले सुत्केरी भत्ता हातमै दिन नसेको वताए । आर्थिक बर्ष साउन बाट शुरु भएपनि निकाशा मंसिर पछि आउने भएकाले समस्या भएको वताए । निकाशा आइसकेको छ, अब चाडै सबैलाई भुक्तानि दिने जोशीले वताए । यो समस्या आफुहरुको नभएको बजेट नै ढिला आएपछि हातमै दिन नसकेको वताए ।
अस्पताल बाजुरामा मात्र नभई बाजुरामा रहेको अधिकांश स्वास्थ्य संस्थामा सुत्केरी भत्ता नदिएको छ । अहिले उदारो राखेको छौ, पछि निकाशा भएमा भुक्तानि दिने एक स्वास्थ्यकर्मीले वताए । सेवाग्राहीले हातमा रकम नपाउदा पछि रकम पाउनेमा शंका रहेको वताएका छन् । सधैका बर्षमा कहिले भत्ता नपाउने पाएपनि समयमै नपाउने गरेको नागरिक समाजका अगुवा प्रदिपराज जैशीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार