शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • शिक्षा
  • धनाल्त आधारभूत विद्यालयको भवन दुई वर्ष बितिसक्दा पनि अधुरै

धनाल्त आधारभूत विद्यालयको भवन दुई वर्ष बितिसक्दा पनि अधुरै

  • शुक्रबार, मंसिर २३, २०७९
धनाल्त आधारभूत विद्यालयको भवन दुई वर्ष बितिसक्दा पनि अधुरै

टेक बहादुर बुढा — जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका वडा नंः ३ मा रहेकाे धनाल्त आधारभूत विद्यालयकाे भवन दुई बर्ष बितिसक्दा पनि अधुरै रहेकाे छ । गत साल प्रदेशबाट ट्यान्डरमा रहेकाे उक्त भवन दुई बर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेकाे छैन । उक्त भवनकाे ठेक्का खप्तड छेडेदह गाउँपालिका वडा नंः ७ का वडा अध्यक्ष खगेन्द्र रावतले लिएका थिए । प्रदेशकाे आयाेजनामा रहेकाे उक्त भवन समयमा सम्पन्न गर्ने नसकेको भन्दै रकम फिरिज समेत गएकाे थियाे ।

त्यसपछि गत साल गाउँपालिकाले रकम छुट्याए पनि अहिलेसम्म पनि भवन अधुरै रहेकाे छ । विद्यालयको भवन निर्माण हुन नसक्दा बिद्यार्थीहरुले चाैरमा बस्नु पर्ने बाध्यता रहेकाे छ । अहिले जाडो काे समय सुरु भएकाे र भवनकाे झ्याल ढाेका नबनेकाले पनि चाैरमा बसेर पढ्नु परेकाे बिद्यार्थीहरुले बताएका छन ।

कक्षा पाँच सम्म रहेकाे धनाल्त आधारभूत विद्यालयमा अहिले तिनओटा काेठा मात्र रहेकाले बिद्यार्थीलाई कक्षाकाेठामा पढाउन समस्या भएको बिद्यालयले जनाएको छ । विद्यालयकाे भवन निर्माणमा आफुले गरेकाे कामकाे पैसा नपाएको त्याहाका स्थानियहरुले गुनासाे गरेका छन ।

दुई बर्ष बितिसक्दा पनि अहिलेसम्म भवन निर्माण गर्ने नसकेकाे र यसमा कसैले वास्ता नगरेकाे स्थानीयहरुले आराेप लगाएका छन । ठेकेदार खगेन्द्र रावतले भने आफुले अहिलेसम्म काम गरेकाे पैसा नपाएकाले भवनकाे केही काम अधुरो रहेको बताएका छन ।

आफुले गत असारमा ९०% काम सम्पन्न भईसकेकाे भन्दै निवेदन दिएपनि पैसा नपाएको बताए । तर केही दिन अघि गाउँपालिकामा उक्त बिषय उठाएकाे र अब गाउँपालिकाबाट आधिकारिक पत्र आयाे भने पाैष १५ सम्म काम निर्माण गरिसक्ने बताएका छन ।

यस बिषयमा गाउँपालिका उपाध्यक्ष बिसु नाथले भने उक्त बिषयलाई कार्यपालिकाकाे बैठकमा राखि ठेकेदारलाई काम गर्ने भनेर निर्देशन गरिसकेको बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार