शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • विद्यार्थी नेता अयडीको हत्या आरोपमा थप १ जना धनगढीबाट पक्राउ

विद्यार्थी नेता अयडीको हत्या आरोपमा थप १ जना धनगढीबाट पक्राउ

  • बिहिबार, मंसिर २२, २०७९
विद्यार्थी नेता अयडीको हत्या आरोपमा थप १ जना  धनगढीबाट पक्राउ

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप अयडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा  थप १ जनालाई धनगढीबाट प्रहरीले पक्राउ गरेको छ। बाजुरा प्रहरीका अनुसार थप एक सहित साे घटनाकाे आराेपमा पक्राउ पर्नेकाे संख्या ६ पुगेकाे जनाएकाे छ।

चेतनका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी गरेका छन । गत मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा काँग्रेस कार्यक्रताबाट कुटपिट भइ गम्भीर घाइते भएका ऐडीको उपचारकाे क्रममा बयलपाटा अस्पताल लिने क्रममा बाटाेमा मृत्यु भएको थियो।

चर्चामा

सम्बन्धित समाचार