शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • ११ अर्बले बढ्यो बैंकको निक्षेप, कर्जा लगानी १ अर्बले मात्रै

११ अर्बले बढ्यो बैंकको निक्षेप, कर्जा लगानी १ अर्बले मात्रै

  • बुधबार, मंसिर २१, २०७९
११ अर्बले बढ्यो बैंकको निक्षेप, कर्जा लगानी १ अर्बले मात्रै

पछिल्लो साता बैंकिङ निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार मङ्सिर ९ गतेदेखि १६ गतेसम्ममा ११ अर्ब रुपैयाँले बढ्दै २६ वटा वाणिज्य बैङ्कहरूको निक्षेप ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको हो ।

अघिल्लो साता अर्थात् मङ्सिर २ गतेदेखि ९ गतेसम्ममा ४ अर्ब रुपैयाँले मात्र निक्षेप बढ्दै ४५ खर्ब ६२ अर्ब रुपैयाँ कायम भएको थियो । यस्तै समीक्षा अवधिमा यता कर्जा लगानीतर्फ १ अर्ब रुपैयाँले मात्र वृद्धि हुँदै बैङ्कहरूले ४२ खर्ब २३ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो हप्ता यस्तो कर्जा लगानी बैङ्कहरूले ३ अर्बले बढाउँदै कुल ४२ खर्ब २२ अर्ब लगानी गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार