मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जतापनि कालो बादलछ अन्धकार देखिन्छ,

जतापनि कालो बादलछ अन्धकार देखिन्छ,

  • सोमवार, मंसिर १९, २०७९
जतापनि कालो बादलछ अन्धकार देखिन्छ,

जतापनि कालो बादलछ अन्धकार देखिन्छ,
एक अर्कोलाई बल्झाउंने हथियार देखिन्छ।

आलोपालो लुटौं र गरौं ऐयासी भन्छन नेता,
देशभरी राजनीतिमै ठुलो कारोबार देखिन्छ।

यि अज्मरीहुंन देशलाई लुटे जनतापनि भुटे,
जनताको बिस्वाशमै समेत व्यापार देखिन्छ।

कसोगरी जोगिएला तिम्रो हाम्रो जनम थलो,
तिम्रो हाम्रो बिचारमा नी ठुलो दरार देखिन्छ।

रातो झण्डा बोक्यौं मालेमा ल्याउंन खोज्यौं,
सत्तामा पुगेपछि यो पनि उस्तै जार देखिन्छ।

चर्चामा

सम्बन्धित समाचार