बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • अनेरास्ववियू बाजुुराद्धारा बन्दको आह्वन

अनेरास्ववियू बाजुुराद्धारा बन्दको आह्वन

  • मङ्लबार, मंसिर ६, २०७९
अनेरास्ववियू बाजुुराद्धारा बन्दको आह्वन

बाजुरा– अनेरास्ववियू बाजुुराले जिल्लामा अनेरास्ववियू केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर बन्दको आश्वन गरेको छ । अनेरास्ववियु बाजुराले प्रेस बिज्ञप्ती जारी गर्दै बन्दको आह्वन गरेको छ ।
५ गते बिहानदेखी सदरमुकाम मार्तडी बजार बन्द गरिएको भए पनि आज थप आन्दोलनका कार्यक्रमहरु अगाडी बढाएको अनेरास्ववियू बाजुराका सचिव हिक्मत बहादुर रोकायाको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
अनेरास्ववियूका नेता अएडीको हत्यारालाई कानुनी दायरामा नल्याउन्जेल सरकारी तथा गैरसरकारी संस्था, उद्योग कलकारखाना, शैक्षिक सस्था र ब्यापार ब्यबासायीहरुलाई अपराधीलाई कानुनी दायरामा नल्याउनजेल बन्द गर्न बिज्ञप्ती मार्फत आह्वन गरेको बिज्ञप्तीमा उल्लेख गरेकाे छ । अनेरास्ववियू बाजुराले हत्यामा संलग्न ब्यक्तीलाई पक्राउ नगरुन्जेल आन्दोलनका चरणहरु निरन्तर जारी राख्ने समेत जनाएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार