शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • के मानिसले घाँस खानसक्छ ?

के मानिसले घाँस खानसक्छ ?

  • मङ्लबार, कार्तिक २९, २०७९
के मानिसले घाँस खानसक्छ ?

घाँसपात आमरुपमा विषालु हुँदैन । गाइवस्तुको खानेकुराका लागि यसको सबैभन्दा धेरै हुन्छ । घाँसपातले पशुहरुलाई पोषक तत्वको का मगर्दछ । तर मानिसको पाचन क्रियामा घाँसको पोषक मूल्य कम हुन्छ । आखिर खाँस जस्तै हरिया उपजहरु मानिसले किन पचाउन सक्दैन त ?

वास्तवमा घाँसमा केही यस्ता उच्च सघनतायुक्त पदार्थ हुन्छन् जसलाई मानिसले पचाउन सक्दैन । घाँसमा लिगनिन, सेलुलोज तथा अर्गानिक पोलिमर हुन्छन् जसले वनस्पतीको कोशिकाहरुको निर्माणमा सहयोग गर्दछन् ।

लिगनिनका कारण वनस्पतीलाई मजबुत स्वरुप मिल्दछ । यो एक कडा रासायनिक पदार्थ हो जसलाई पचाउन गाह्रो पर्दछ । घाँसमा यो तत्व सबैभन्दा धेरै पाइन्छ ।

यद्यपि कतिपय अध्ययनमा यस्ता प्रमाण पनि प्राप्त भएका छन् कि हाम्रो पेटमा लिगनिनलाई विच्छेदन गर्नसक्ने ब्याक्टेरिया पनि रहेका हुन्छन् । तर, पूर्णरुपमा भने होइन । किनकी घाँसलाई पूर्णरुपमा तोडेर पचाउन लायक बनाउने इन्जाइम हाम्रो सरीरमा हुँदैन ।

हाम्रो सरीरले सेलुलोज पनि पचाउन सक्दैन । त्यसैले यो पदार्थ पनि पेटमा पूर्ण रुपमा टुक्रिँदैन । यो दिसा हुँदै बाहिरिन्छ आफ्नो पूरानै स्वरुपमा । यसकै कारण हाम्रो दिसाले एक आकार ग्रहण गरेको हुन्छ ।

हामीले खाने सागपात तथा फलफूलमा पनि सेलुलोज तथा लिगनिन हुन्छ । तर त्यसको मात्रा निकै कम हुन्छ र मानिसले त्यसलाई पचाउन सक्दछ । यसले हाम्रो पाचन क्रियालार्य पनि सन्तुलित बनाउँदछ ।

चौरमा पलाउने घाँसमा चाहीँ धेरै पानी तथा लिगनिन हुन्छ । तर, गाजमा यो केवल एक देखि दुई प्रतिशत सम्म हुन्छ जुन खानयोग्य फाइबर हो, जसलाई सेलुलोज भनिन्छ । बाँकी कार्बोहाइड्रेट हुन्छ, त्यसैले हाम्रो सरीरले गाजर पचाउँदछ ।

गाइवस्तुले किन घाँसलाई चपाइरहन्छन् ?

गाई, बाख्रा, भेँडा, भैँसी, जिराफ लगायतले सजिलैसँग घाँस पचाउँदछन् । उनीहरुको पाचन प्रक्रियालाई रुमिनेसन भनिन्छ । यी जनावरहरुको पेट विभिन्न हिस्सामा बाँडिएको हुन्छ यी सबै जीवले घाँसले धेरै पटक चपाउँदछन् र निल्दछन् । जुन हिस्सा निलिँदैन त्यसलाई पुनः चपाएर निल्दछन् । यसो गर्दा ती जनावरको पाचनमा सुधार हुन्छ । यसरी मज्जाले चपाएको घाँस जब विभिन्न हिस्सामा बाँडिएको पेटमा पुग्दछ, तब सजिलैसँग पच्दछ । साथै गाईवस्तुको पेटमा यस्तो ब्याक्टेरिया हुन्छन्, जसले घाँसलाई पचाउन सहयोग गर्दछ ।

पेटमात्र हैन दाँतका लागि पनि हानिकारक हुन्छ घाँस

मानिस तथा अन्य विभिन्न जिवहरुको पेट भन्दा गाईवस्तु तथा भेडाबाख्रा पेट निकै निकै जटिल हुन्छ । घाँस हाम्रो पेटमा न त पच्दछ, न त ठीक नै हुन्छ । यदि तपाइँले घाँस खाने कोसिस गर्नुभयो भने दाँतलाई नै हानी पुग्दछ । किनकि घाँसमा सिलिकाको मात्रा धेरै हुन्छ । यसले दाँतलाई झारिदिन सक्दछ । दाँतमा क्षति पूराएर तपाइँले जेनतेन घाँस निल्नुभयो भने यसले पेटमा पनि असर गर्दछ । अपच हुने मात्र होइन यसले कुपोषणको जोखिम पनि बढाउँदछ।

तर कुनै पनि घाँस खान हुँदैन भन्ने चाहीँ होइन । खाँसका केही यस्ता प्रजाति छन् जसलाई खान सकिन्छ, पचाउन सकिन्छ । ती घाँसबाट मानिसले पोषक तत्व पनि लिन सक्दछ ।

इण्डियन राइस ग्रास, नटग्रास, बिस्टल ग्रास, टिमोथी ग्रास, व्हीट ग्रास, बार्ले ग्रास, केनरी ग्रास, क्र्याब ग्रास, शोरगम तथा वाइल्ड ओट घाँस मानिसले खान र पचाउन सक्दछ ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार