मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बजार
  • फेरि बढ्यो खानेतेलको मूल्य

फेरि बढ्यो खानेतेलको मूल्य

  • सोमवार, कार्तिक २८, २०७९
फेरि बढ्यो खानेतेलको मूल्य

रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहार शुरू भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको छ ।

हरेक ब्रान्डको खानेतेलको खुद्रा मूल्य तिहारयता लिटरमा २० देखि ५० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । दशैंको बेला प्रतिलिटर २ सय ४० रुपैयाँमा पाइने सोयाबिन तेललाई अहिले २ सय ८० रुपैयाँसम्म पर्न थालेको छ । ३ सय २० रुपैयाँ लिटरको तोरीको तेल अहिले ३ सय ४० रुपैयाँसम्म पुगेको छ ।

त्यसैगरी २ सय ५० रुपैयाँ लिटर पर्ने सनफ्लावर तेलको मूल्य हाल ३ सय रुपैयाँसम्म पुगेको छ । केही समय तेलको मूल्य अझै बढ्न सक्ने उद्योगी बताउँछन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार