मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाज
  • बिच्छयाँमा नेता पुगे तर चामल पुगेन

बिच्छयाँमा नेता पुगे तर चामल पुगेन

कवाडी डिपोमा ५ महिना देखी चामल छैन्

  • शनिबार, कार्तिक २६, २०७९
बिच्छयाँमा नेता पुगे तर चामल पुगेन

बाजुरा–बाजुराको हिमाली गाउँपालिकामा खाद्यन्न संकट भएको छ । अहिले चुनाव प्रचारप्रसारमा नेता पुगिरहेका छन् । तर चामल भने ५ महिना बितिसक्दा सम्म पनि चामल नपुग्दा बिच्छयाँमा खाद्यन्न संकट भइरहेको छ ।
सरकारले ढुवानी अनुदानको चामल ढुवानी नगरेपछि असार महिना देखी डिपोमा चामल नहुँदा खाद्यन्न संकट भएको हो । हिमाली गाँउपालिकाको ५ कवाडी अस्थाई डिपोमा असार देखी चामल ढुवानीको नगर्दा पाँच महिना दिन देखी चरम खाद्य संकट भएको हिमाली गाँउपालिका ३ का धनलाल रोकायाले बताएका छन् ।
अहिले गाउँमा नेताहरु भोट माग्न आइरहेका छन् । तर डिपोमा चामलको ब्यबस्थापन गर्न कोही नलागेको धनलालले वताए । चामल नहुदा बजारको महँगो चामल किनेर खान बाध्य भएको उनले वताए । चुनावमा जसरि नेताले भोट माग्न आउछँन्, त्यसरी यहाँको समस्या हेर्ने भए त हुन्थ्यो, तर जिते पछि न नेता आउछन् न विकास हुन्छ स्थानिय अम्मलाल बुडथापाले वताए ।
कवाडी डिपोमा चामल नआउदा हिमाली गाँउपालिका १, २, र ३ को बिच्छँया, ४ र ५ को रुगीनमा खाद्य संकट भएको हो । डिपोमा चालम नपाउदा बजारको महँगो चामल खरिद गर्ने गरेका छन् । गत आर्थिक बर्षको चामल जेठमा सकिएको थियो । यो आर्थिक बर्षमा २५ सय कुन्टल चामल डिपोका लागि ढुवानी गर्ने भएपनि अहिले सम्म चामलको ब्यबस्थापन नभएको मार्तडी खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख मेखराज ओझाले बताए ।
डिपोमा चामल पठाउने तयारी भइरहेको ओझाले वताए । कर्णाली करिडोर एक महिना देखी बन्द छ । सडक अबरोध भएकाले चामलको मुल्य आकासिएको छ । डिपोमा पाँच महिना देखि चामल अभाब हुदा पनि डिपोमा चामल व्यबस्थापन गर्न कतै बाट पहल नभएको पाईएको छ ।
दुुई दिन लगाएर कवाडी पुुग्यौ, चामल पाएनौ बजारको महँगो चामल किनेर लिने स्थानियले अम्मर बुडथापाले वताएका छन् । घरबाट साहुुसंग चार हजार सापटी रिण निकाले चामल किन्न आएको चन्द्रबहादुर बुढथापाले बताए । साबिकको बिच्छँया गाबिसमा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको वताए । स्थानिय उत्पादनले बर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाँउपालिका बाजुराको सर्वाधिक बिकट गाँउपालिका हो, यो गाँउपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार