शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

  • बिहिबार, कार्तिक २४, २०७९
बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। जिल्लाको काँडा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ। बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो।

बिहीबार बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता चार दशमलव एक म्याग्नीच्युड मापन भएको केन्द्रले जनाएको छ। यसअघि खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर बुधबार बिहान गएको ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पको धक्काले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको थियो। डोटी लगाएतका सुदूरपहाडका जिल्लामा भौतिक क्षति भएको थियो।

चर्चामा

सम्बन्धित समाचार