शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा भुकम्पले कुन ठाउँ के क्षेती भयाे, (विवरण सहित)

बाजुरामा भुकम्पले कुन ठाउँ के क्षेती भयाे, (विवरण सहित)

  • बुधबार, कार्तिक २३, २०७९
बाजुरामा भुकम्पले कुन ठाउँ के क्षेती भयाे,  (विवरण सहित)

बाजुरा — बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले बाजुरा जिल्लाका बिभिन्न ठाउँ क्षेती पुर्याएको छ । जसमा खप्तड छेडेदह गाउँपालिकामा ८ ओटा घरमा क्षेती भएको छ भने ३ ओटा घर पुणर् रुपमा क्षेती भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जसमा खप्तड छेडेदह गाउँपालिका २ का पृथ्वी बम, खडक थापा, बिक्रम थापाको घरहरु पुणर् रुपमा क्षेती भएको प्रहरीले जनाएको छ । त्यसै गरी वडा १ का पारुदेवी रावल, राज बहादुर रावल,मनदेवी रावल, शेर रावल बिक्रम रावल र हस्त रोकायाको घरमा क्षती भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी बुढिगंगा नगरपालिकामा वडा न ८ का खगेन्द्र खड्काको घर पुणर् रुपमा क्षेती भएको जनाएको छ । बुढिगंगा नगरपालिका वडा न ६ का वडा अध्यक्ष हेमराज जैशीका अनुसार वडा ६ मा ५ ओटा घरमा क्षेती भएको बताएका छन । त्यसै गरी बुढिगंगा नगरपालिका वडा न ३ की तुलसी देवी दमाईको घर पनि पुणर् क्षेती भएको जनाएको छ ।
हिमाली गाउँपालिका वडा न ५ नन्दापाटाका जयरुप कार्कीको घर पनि भत्किएको प्रहरीको भनाई रहेको छ । त्यसै गरी बुढिनन्दा नगरपालिका वडा न ९मा रहेको सिद्धेस्वरी आवासिय माध्यामिक बिद्यालयको प्रखाल सहित भत्कीएको प्रहरीले जनाएको छ ।

जिल्लाका अन्य ठाउँमा पनि यकिन विवरण आउँन बाँकी रहेको र प्रहरीको टोलीहरु बिभिन्न ठाउँमा पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको  थियो । धक्का सुदूर पहाडका सबै जिल्लामा महशुस गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार