मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कबिता: उमेर काे बिराेध नगराै

कबिता: उमेर काे बिराेध नगराै

  • सोमवार, कार्तिक २१, २०७९
कबिता:  उमेर काे बिराेध नगराै

रबि पाैडेल ,पाण्डेचरि ।
राजनिती मा उमेर ताेकिएकाे छैन
बुढाहरुले राजनीति नगर भनेर बिधान मा लेखिएको छैन
राजनीतिक पार्टी का बिधान बनेका छन
राजनीति रुचि र चाहना हाे भनेका छन

राजनीति बुढा र युवाहरूको समिश्रण हुनुपर्छ
बिचार र उदेश्य एकदम सहि हुनुपर्छ
रास्टघात र जनघात कसैले गर्नु हुदैन
रास्टघात गरेर देशको बिकास हुदैन

नेता स्वच्छ र सादगि हुनुपर्छ पार्टी मा
पद पैसा र भ्रम बाट मुक्त हुनुपर्छ
जिन्दगी त यसै पनि त बितेर जान्छ
रास्टले एउटा रास्टप्रेमि नेता मागेको हुन्छ

सहि नेता चुनेमा देशले सहि संविधान पाउछ
संविधान मा टेकेर काम गरे प्रगति पाईन्छ
संविधान रास्ट र जनताको पक्षमा हुनुपर्छ
सहि संविधान मा टेके देशले काँचुलि फर्छ

राजनीति मा उमेर काे अालाेचना गर्नु बेकार हाे
अर्को बिकल्प नपाएर बिराेध गर्नु बेकार हाे
बिराेध गर्नु परे रास्घाति र जनबिराेधि काम गर्ने नेता काे बिराेध गराै
के निउँ पाउँ कपाल कनाउँ भने झै खालि उमेर काे मात्रै बिराेध नगराै ।

चर्चामा

सम्बन्धित समाचार