शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राजनीति
  • भाेट माग्दै खेतबारीमा पुग्ने नेताहरुकाे नजर छेडदह तालमा पर्न सकेन

भाेट माग्दै खेतबारीमा पुग्ने नेताहरुकाे नजर छेडदह तालमा पर्न सकेन

  • सोमवार, कार्तिक २१, २०७९
भाेट माग्दै खेतबारीमा पुग्ने नेताहरुकाे नजर  छेडदह तालमा पर्न सकेन

टेक बहादुर बुढा —  बाजुराकाे छेडेदह ताल बर्षाै देखि पहिराेकाे चपेटामा पर्दै आएको छ । छेडेदह ताल खप्तड छेडेदह गाउँपालिकामा अवस्थित रहेकाे छ । गाउँपालिकाकाे वडा नंः ५ र ७ काे विचमा रहेकाे छेडेदह ताल मार्तडी थामलेख खण्डमा पर्ने गर्छ । छेडेदह ताल रारा खप्तड पैदल यात्रा संगै जाेडिएकाे हुनाले यसकाे महिमा बढि रहेकाे छ ।

वरिपरि हरियाली बनजङगलका साथै अग्ला डाडापाखाले घेरिएको र बिचमा छेडेदह ताल रहेकाे छ । जिल्लाकै प्रमुख पर्यटकीय स्थलकाे गन्तव्य बाेकेकाे छेडेदह ताल संरक्षण बिना ओझेलमा परेकाे छ । छेडेदह ताल पहिराेले गर्दा बर्षाै देखि पहिराेकाे उच्च जाेखिममा रहदै आएकाे छ ।

छेडेदह तालकाे पहिराे राेकथाम गर्ने सकेन भने अबकाे केही बर्षमा ताल खाेलिने त्यहाका स्थानीयहरुले चेतावनी समेत दिदै आएका छन । छेडेदह ताल खाेलियाे भने गाउँपालिकाकाे मात्र नभई जिल्लाकै अस्थित्व गुम्ने अबस्था देखिन्छ । साथै ताल खाेलियाे भने सयाै घरपरिवार पनि विस्थापित हुने स्थानीयहरुले बताएका छन । खप्तड छेडेदह गाउँपालिकाकाे मुख्य सम्पत्तिको रुपमा रहेकाे छेडेदह ताल पहिराेकाे जाेखिममा हुदा पनि कसैले वास्ता गरेकाे पाईदैन । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचन नजिकिँदै जादा बाजुरामा पनि राजनितिक दलहरुले आफ्नाे चुनावी प्रचार प्रसार गर्ने कार्यलाई तिव्र पारेका छन ।

अरु समयमा मुखै नदेखाउने नेताहरु अहिले भने जन्ताकाे घरदैलो देखि खेतबारी सम्म पुगेर भाेट माग्ने गरेका छन ।यति बेला जनताहरुलाई विभिन्न आसवासन दिदै चिल्ला भाषण सुनाउदै भाेट माग्ने कार्य जिल्लाका नेताहरुले गरिरहेका छन । जिल्लाका विभिन्न ठाउकाे विकास गर्नका लागि ठुलठुला भाषण गरेपनि छेडेदह तालकाे विकासका लागि भने अहिले सम्म कसैले मुख समेत खाेल्न सकेका छैन ।

जिल्लाकै प्रमुख पर्यटकिय स्थलका साथै त्यस क्षेत्रकाे आर्थिक विकासकाे सम्भावना बाेकेकाे छेडेदह ताल पहिराेकाे जाेखिममा हुदा समेत नेताहरु भने मुख दर्शक बनेका नागरिकहरुले गुनासो गर्दै आएका छन । पटक पटक संसदमा पुगेका नेताहरु कर्ण थापा , बद्री पाण्डे , जनक गिरी , लाल बहादुर थापा , बल्देब रेग्मी प्रकाश शाह लगायत अन्य कुनै पनि नेताहरूले छेडेदह तालकाे लागि झिगा समेत मार्न नसकेको नागरिकहरुले आराेप लगाएका छन ।

तसर्थ छेडेदह तालकाे पहिराे राेकथाम गर्नु का साथै तालकाे संरक्षण र सम्बर्धन गरि जिल्लाकै प्रमुख पर्यटकीय स्थलका रुपमा उठाउनका लागि संघ र प्रदेशमा पुगेका नेताहरुले ध्यान दिनुपर्ने देखिन्छ । छेडेदह तालकाे समस्यालाई समाधान गर्नका लागि सबैभन्दा पहिले गाउँपालिकाले विभिन्न याेजनाहरु बनाएर सबै संग सहयोग समन्वय र सहकार्य गरेर लाग्नु प्रमुख दायित्व हाे ।

खप्तड छेडेदह गाउँपालिकामा विगतकाे पाँच बर्षिय कार्यकाल नेपाली काङ्ग्रेसले खाए पनि छेडेदह तालका लागि केही काम गरेकाे देखिदैन । अहिले गाउँपालिकाकाे नेतृत्व नेकपा एमालेले गरिरहेकाे छ ।

गाउँपालिकाकाे नेतृत्व गरिरहेकाे नेकपा एमाले नेतृत्वकाे सरकारले पनि अहिलेसम्म केही गर्ने सकेकाे छैन । तर गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले भने छेडेदह तालकाे पहिराे राेमथामका साथै तालकाे संरक्षण , सम्बर्द्धन गर्नका लागि विभिन्न याेजना बनाउने तर्खरमा गाउँपालिका रहेकाे बताएका छन ।

छेडेदह तालकाे बिकास , संरक्षण र सम्बर्द्धन का लागि करोडौंकाे लगानी गर्ने बताएका छन । अध्यक्ष रावतले भने मेराे कार्यकालमा छेडेदह तालकाे विकास , संरक्षण र सम्बर्द्धन का लागि विभिन्न नीति र याेजना बनाएर अगाडि बढ्ने बताए । छेडेदह तालमा बगिरहेको पहिराेकाे खाेज अनुसन्धान गर्ने पनि अध्यक्ष रावतले बताए ।

पहिराे राेकथामका लागि  विभिन्न आधुनिक प्रविधिकाे प्रयोग गरेर पहिराे राेकथामका लागि याेजना बनाउने पनि अध्यक्ष रावतले बताएका छन । छेडेदह ताल काे पहिराे राेकथाम तथा यसकाे बिकास , संरक्षण र सम्बर्द्धनमा गाउँपालिकाकाे मात्र दायित्व नभएकाले संघ र प्रदेश पनि हेर्नुपर्ने कुरामा गाउँपालिका अध्यक्ष रावतले जाेड दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार