बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • राजनीति
  • संकटमा काँग्रेस बाजुरा नरेश शाही की कर्ण बिक ?

संकटमा काँग्रेस बाजुरा नरेश शाही की कर्ण बिक ?

  • शुक्रबार, कार्तिक १८, २०७९
संकटमा काँग्रेस बाजुरा नरेश शाही की कर्ण बिक ?

बाजुरा–बाजुराको प्रदेश क मा गठबन्धनको उम्मेदवार कर्ण बहादुर बिक कि नरेश बहादुर शाही भन्नेमा काँग्रेसलाई संकट परेको छ । चुनाव नजिकिदै लाग्दा सम्म पनि केन्द्र बाट कुनै आधिकारीक निर्णय नआएपछि बाजुरा काँग्रेसले कसलाइ साथमा लिने भन्नेमा संकटमा रहेको काँग्रेस बाजुरा सभापति रामसिं रावलले बडिमालिका खबरलाई बताएका छन् ।
नेपाली काँग्रेस बाजुरालाई प्रदेश कमा कसलाइ गठबन्धनको उम्मेदवार मान्नेमा अन्योलमा बनिरहेका बेला जिल्ला स्तरमा मिलाउन पनि सकस भइरहेको काँग्रेस एक नेताले वताए । नेपाली काँग्रेस बाजुराका सभापति रामसिं रावलले भने आधिकारीक उम्मेदवारका लागि केन्द्रमा पत्रचार गरेको धेरै समय भइसक्दा पनि कुनै जानकारी नआउदा समस्या भएको वताएका छन् ।
नेकपा माओवादी बाट उम्मेदवार कर्ण बहादुर बिक आफु रहेको दाबि गरिहेका छन्, भने नेकपा एकिकृत समाजवादीका नरेश बहादुर शाहीको आफु रहेको दाबि गरिरहेका छन् । उनिहरु गठबन्धनको आधिकारी उम्मेदवारको पत्र ल्यानका लागि काठमाडौमा लबि गरिरहेका छन् । दुबैले प्रचारप्रसार पनि तिब्र रुपमा अगाडि बढाइरहेका छन् ।
गठबन्धनको पहिलो चरण केन्द्रमा भएको सहमतिको लिष्टमा बाजुरा प्रदेश क माओवादीको भागमा रहेको सार्वजनिक भएको थियो । उम्मेदवारी दर्ताको अन्तिम समयमा समाजवादीका नरेश बहादुर शाहीको नाममा पार्टिले टिकट दिएको थियो । कर्ण बहादुर बिकको नाम भने माओवादीले पहिला नै फिक्स गरिसकेको थियो । नेकपा एमाले बाट भने प्रदेश क बाट बल्देब रेग्मि रहेका छन् ।
केन्द्र बाट कुनै आधिकारीक धारणा नआएमा प्रदेश कमा कसलाई भोट हाल्नेमा काँग्रेस अन्योलमा पर्ने भएको छ । एकजनालाइ जिल्ला बाट निर्णय गर्दा संघका उम्मेदवार रहेका बद्रि पाण्डेलाई असर पर्ने देखिएकाले पनि काँग्रेस बाजुरालाइ निर्णय लिन असजिलो रहेको काँग्रेस जिल्ला कमिटि एक सदस्यले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार