बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • राजनीति
  • कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछु : ओली

कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछु : ओली

  • शुक्रबार, कार्तिक १८, २०७९
कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछु : ओली

धनगढी– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने बताएका छन्। उनले शुक्रबार सदरमुकाम खलंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ती क्षेत्र फिर्ता ल्याएरै छाड्ने दाबी गरेका हुन्।

ओलीले राष्ट्रियताको सवालमा नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गरे। ‘राष्ट्रियताको प्रश्नमा नेपालले एक इञ्च जमिन पनि कसैलाई छोड्नेवाला छैन। एक इञ्च जमिन पनि मिच्न दिनेवाला छैन। मिचिएको भए फिर्ता ल्याउँछ भनेर हामीले नक्सा जारी गरेका छौँ,’ ओलीले भने, ‘संसदले सर्वसम्मतका साथ पारित गरेको छ। त्यो कुराको फेरि ग्यारेन्टी गर्न चाहान्छुँ।’

कित्र्ते खोल्सीलाई महाकाली उल्लेख गरेर भारतले ६० वर्षदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको बताउँदै उनले मिचिएको भू–भाग फिर्ता ल्याएर छाड्ने बताएका छन्। ओलीले एमालेको देशव्यापी चुनावी अभियान दार्चुलाबाट शुभारम्भ गरेका हुन्।

चर्चामा

सम्बन्धित समाचार