बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा योजना दिने आश्वासन बाडरे भोट माग्दै उम्मेदवार

बाजुरामा योजना दिने आश्वासन बाडरे भोट माग्दै उम्मेदवार

  • शुक्रबार, कार्तिक १८, २०७९
बाजुरामा योजना दिने आश्वासन बाडरे भोट माग्दै उम्मेदवार

बाजुरा–मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा राजनितिक दलले योजना दिने आश्वासन बाडेर भोट मागिरहेका छन् ।
सधै झै यो पालिको चुनावमा गाउँमा विकास निर्माणका योजना दिने, रोजगारी दिने भन्दै भोट मागिरहेको बुढिनन्दा नगरपालिका १ बस्ने रंगमल बिकले वताए । रंगमलको गाउँ हलिया समुदायको गाउँ हो । चुनावको बेला नेकपा एमाले, नेपाली काँग्रेस, समाजवादी, माओवादी भोट माग्दा गाउँको विकास गर्छु, हलिया समुदायको खाद्य सुरक्षाको ग्यारेन्टि गर्छु भनेर भन्छन्, अबस्था उस्तै रहेको मन बिर सार्कीले वताए । अहिले पनि त्यहि आश्वासन दिएर भोट मागिरहेको उनले वताए ।
हिमाली गाँउपालिका ६ पाडिमा काँग्रेसले चुनावी प्रचारमा गाउँमा बिभिन्न योजना दिने भन्दै गाँउलेलाई काँग्रेस प्रबेश गराए । त्यसपछि एमालेका नेता तथा कार्यकर्ता अझै धेरै विकास निर्माण गरिदिने भन्दै एमालेमा फिर्ता गराए । पाडि गाँउमा १ सय ७५ परिवार वसोवास गर्दै आएका छौ, योजना दिने भन्दै कहिले एमाले, कहिले काँग्रेसले भोट माग्ने गरेका छन् स्थानिय अगुवा प्रेमलाल भण्डारीले वताएका छन् । गाउँमा बिभिन्न योजना निर्माण गरिदिने जागिर लगाईदिने भनेर मत मागीरहेको भण्डारीले वताएका छन् । जनता पनि जो पाटिका आए उनि जस्तै हुने गरेका छन् ।
स्वामीकातिकखापर गाउँपालिका १ मुक्तिकोटमा प्रचार पुग्ने सबै भन्छन्, यहाँको गरिबी कुपोषण कम गर्ने भनेर प्रतिबद्धता गर्ने गरिरहेका छन् । चुनाव जितेपछि कहिले मुख नदेखाउने नेताहरु अहिले भने नानाथरीको विकास गर्छु भनेर लोभ देखाइरहेको स्थानिय गणेश बिकले वताए । गाउँमा खानेपानी, बिद्यालय निर्माण तथा रोजगारिको ग्यारेन्टिको नारा लगाएर भोट मागिरहेको मन सार्कीले वताए ।
विकास निर्माणमा निकै पछाडी र बाजुराको निकै दुर्गम हिमाली गाउँपालिका १, २ र ३ तथा साविकको बिच्छयाँ गाविसमा सडक, बिद्युक्त, झोलुङ्ग पुल बनाइदिने आश्वासन दिएर भोट मागिरहेको स्थानियले वताएका छन् । हिमाली गाउँपालिका १, २ र ३ तथा साविकको बिच्छयाँ गाविसमा रहेका झोलुङ्गे पुल जिर्ण अबस्था छन् । कुनै खोलामा अहिले सम्म पनि झोलुङ्गे पुल निर्माण नहुदा जोखिम मोलेर नदि तर्ने गरेका छन् । सरकार फेरिए तर झोलुङ्गे पुल भने जस्ताका त्यस्तै रहेका छन् । तर अहिले संघ र प्रदेशका उम्मेदवार पुल बनाउने आश्वासन दिएर भोट मागिरहेका छन् ।
बिच्छयाँ बिद्युक्त छैन्, सडकको पहुँच पुगेको छैन् । धेरे गाउँ स्वास्थ्य सेवा बाट बिमुख रहेका छन् । वडा नम्बर ३ गुम्बा गाउँ जाने दुई नदिमा झोलुङ्गे पुल नहुँदा डोरीले तानेर वारपार गर्ने गरेका छन् । हिमाली गाँउपालिका ३ गुम्बा र बौडीको बिचमा पर्ने छिन्दु र गुम्बा खोलामा पुल नहुँदा डोरीले तानेर स्थानिय वारपार गर्ने गरेको स्थानिय लालु कुवर भोटेले वताएका छन् । बयबुद्ध लालु कुबरका अनुसार आफुलाइ थाहा भए अनुसार अहिले सम्म नदि तर्ने बेला ८ जना बगेर बेपत्ता भएको उनले वताए । पशुचौपाय बर्षेनी धेरै बगेर मर्ने गरेको छन् । पहिला पनि यो नदिमा पुल बनाइदिन्छौ भनेर भोट मागे अहिले पनि त्यहि भनिरहेका छन्, तर बन्न कहिले हो कहिले लालुले वताए ।
बाजुरामा नेकपा एमाले र गठबन्धन बिच कडा प्रतिश्पर्धा हुने देखिन्छ । दुबै पक्ष गाँउमा गए हामि योजना दिन्छौ, रोजगार दिन्छौ भन्ने गरेका छन् । त्यति मात्र नभइ गाँउका समस्याहरु के के छन्, भने टिपेर समेत लिने काम गरेको बुढिगंगानरपालिका १० बस्ने मान बहादुर विकले वताए । सधै यस्तै गरेर जान्छन्, विकास कहिले हुदैन्, नेता देखी पनि दिक्क लागि सकेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार