शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राजनीति
  • खप्तड छेडेदह गाउँपालिका वडा नं ३ का वडा सचिव रोकायाको सरुवा

खप्तड छेडेदह गाउँपालिका वडा नं ३ का वडा सचिव रोकायाको सरुवा

  • बिहिबार, कार्तिक १७, २०७९
खप्तड छेडेदह गाउँपालिका वडा नं ३ का वडा सचिव रोकायाको सरुवा

टेक बहादुर बुढा , बाजुरा –जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं ३ का वडा सचिव गजेन्द्र रोकायाको सरुवा हुने भएको छ ।

सरुवा पत्र आईसकेको र चुनाव लगत्तै वडाबाट सरुवा भएर जाने वडा अध्यक्ष बिर्क बहादुर रावतले बताएका छन ।

सचिव रोकायाको वडामा पनि दैनिक उपस्थिति नदेखिएको साथै उपस्थिति भईहाले पनि केहि काम नगर्ने गरेको भन्दै सचिव रोकायाको चौतर्फी आलोचना हुदै आएको छ । सचिव रोकाया दर्शै तिहारको समयमा पनि कसैलाई जानकारी नदिई वडाबाट फरार भएका थिए ।

सचिव रोकायाको यस्तो मनपरि गरि रहँदा समेत सम्बन्धित निकाय मुख दर्शेक बनेको भन्दै स्थानियहरुले गुनासो समेत गरेका छन ।

यता खप्तड छेडेदह गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत कृष्णराज जोशीले भने सचिव रोकायाको व्यवहारले गर्दा उनलाई सरुवा हुन आर्गह गरिएको बताएका छन । सचिवको सरुवा पत्र आईसकेकाले सरुवा भएर जाने बताए । अब वडा सचिवमा गाउँपालिकाका स्थायी कर्मचारीलाई नियुक्त गर्ने अधिकृत जाेशीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार