• होमपेज
  • बडिमालिका
  • समाजवादी र माओवादीका जिल्ला कमिटी सदस्य एमालेमा प्रवेश

समाजवादी र माओवादीका जिल्ला कमिटी सदस्य एमालेमा प्रवेश

  • सोमवार, कार्तिक १४, २०७९
समाजवादी र माओवादीका जिल्ला कमिटी सदस्य एमालेमा प्रवेश

बाजुरा — नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य किट्टो लवार र माओवादीका जिल्ला कमिटी सदस्य लालबहादुर विक पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।
सोमबार नेकपा एमाले बडीमालिका नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य किट्टो लवार र माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य लालबहादुर विकले एमालेमा प्रवेश गरेका हुन् ।
समाजवादीका जिल्ला कमिटी सदस्य लुवार एमालेका पूर्व जिल्ला कमिटी सदस्य हुन् । उनी एमाले पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको दल एकिकृत समाजवादी पार्टीमा लागेका थिए ।
समाजवादीका लवार र माओवादीका विकलाई एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रिय सदस्यहरु प्रकाश शाह, दयालबहादुर शाही र सहदेव बोगटीले पार्टीमा अविर फुलमाला लगाएर स्वागत गरेका छन्। त्यस्तै नेपाली काँग्रेस परित्याग गरेर मोहनविक्रम सिंहले एमालेमा प्रवेश गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार