आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • खेलकुद
  • साफ यू-१५ : नेपाली टोली आज बंगलादेश जाँदै

साफ यू-१५ : नेपाली टोली आज बंगलादेश जाँदै

  • शनिबार, कार्तिक १२, २०७९
साफ यू-१५ : नेपाली टोली आज बंगलादेश जाँदै

साफ यू-१५ महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली आज (शनिबार) बंगलादेश जाँदैछ। बंगलादेश जाने टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ। राखेपका सदस्य सचिव टंक लाल घिसिङ र एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।

बंगलादेशमा आयोजना गरिएको १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ।प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले प्रतियोगिता सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरिसकेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार