बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • पाँच महिना पछि सञ्चालनमा बाजुराकाे साँफे मार्तडी सडक खण्ड

पाँच महिना पछि सञ्चालनमा बाजुराकाे साँफे मार्तडी सडक खण्ड

  • बुधबार, कार्तिक ९, २०७९
पाँच महिना पछि सञ्चालनमा बाजुराकाे साँफे मार्तडी सडक खण्ड

बाजुरा–बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी सडक खण्ड ५ महिना पछि बसञ्चालनमा आएको छ । बर्षाले साँफे मार्तडी सडक खण्डको अम्कोटमा अबरोध पारेपछि जेठको अन्तिम साता देखी सडक बन्द भएको थियो ।
बर्षात कम भए सँगै सडक खण्डको अम्कोटमा सडक सञ्चालनमा आएपछि बुधवार मार्तडी बस पुगेको छ । जिव ट्याक्टर वाइ भने चार पहिला देखि चल्न शुरु भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
४ बर्ष देखी बर्षातको समयमा बुढिगंगा नगरपालिकाको १ अम्कोटमा पहिरो जाने भएकाले बर्षातमा सधै यातायात बन्द हुने गरेको थियो । असार देखी कार्तिक महिना सम्म बाम्का, बल्धे, बेतालमाण्डौ पुगेर बस चढनु परदै आएको थियो ।
साँफे मार्तडी सडक खण्ड सञ्चालनमा आएपनि मार्तडी कोल्टि कर्णाली करिडोर लगायतका सडक खण्ड भने सञ्चालनमा आउन सकेका छैनन् ।
बल्दे देखी द्धवारी सम्म करिब २ किलोमिटर पहिरो खसेर प्रत्येक बर्ष बर्षातमा सडक अबरोध हुदै आएको छ । चार बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको थियो । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा शेर बहादुर शाहिले वताएका छन् । गएको बर्ष मात्र ५ महिना सडक अबरुद्ध भएको थियो । बाजुराका खण्डको बार्जुगाड, ताप्रिसेरा बल्धे र पानि नाँउलामा सबै भन्दा जोखिम भएको छ ।
साउन महिनामा बैकल्पिक मार्ग खोल्नका लागि पहल शुरु भएपनि बैकल्पिक मार्ग खोल्न सकेको थिएन् । बुढिगंगा नगरपालिकाको समन्वयमा बैकल्पि मार्ग खोल्न पहल भएपनि तर काम गर्दै बिचमा रोकिएको थियो । बिगत बर्ष बर्षातको समयमा त्यहि ठाँउमा पटक पटक सडक अबरोध हुदै आएको थियो । हिउँदमा त सडक भासिएको छ, बर्षात यो सडक बन्द नै हुने अबस्थामा हुने गरेको छ । सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुदै आएको थियो । गत बर्षातमा सडक अबरोध यी क्षेत्रमा दैनिक उपभोग्य सामान औषधिको चरम अभाब भएको थियो । सरकारले बैकल्पिक बाटो खोल्न चाडो भन्दा चाडो पहल गर्नु पर्ने नागरिकले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार