मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • राजनीति
  • फ्रि भिसा-फ्रि टिकटवाला प्रकरणः आरजुलाई छुट, माधवमाथि कारबाही !

फ्रि भिसा-फ्रि टिकटवाला प्रकरणः आरजुलाई छुट, माधवमाथि कारबाही !

  • शुक्रबार, कार्तिक ४, २०७९
फ्रि भिसा-फ्रि टिकटवाला प्रकरणः आरजुलाई छुट, माधवमाथि कारबाही !

धनगढी– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीमा जान निःशुल्क भिसा, टिकट र तालिम पाइने अभिव्यक्ति दिएकामा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

रौतहट–१ का उम्मेदवार नेपालले चुनाव जिते युवालाई वैदेशिक रोजगारीको अवसर दिने आश्वासन बाँडेर आचारसंहिता उल्लंघन गरेको उल्लेख गर्दै आयोगले बिहीबार २४ घण्टे स्पष्टीकरण सोधेको हो।

आयोगले नेपालबाट स्पष्टीकरण नबुझ्दै निर्वाचन कसुर र सजाय ऐनको दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन बिहीबारै जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पनि पठाइसकेको छ। आयोगले प्रहरीलाई पठाएको पत्रअनुसार कारबाही अघि बढाउने हो भने नेपाललाई पक्राउ गरी अनुसन्धान गरेर मुद्दा चलाउनुपर्ने हुन्छ। मुद्दा अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले प्रमाणका आधारमा कसुरमा संलग्न रहेको शंका लागेको व्यक्तिलाई पक्राउ गर्न आदेश दिन सक्छ। कानुनअनुसार हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भए अनुसन्धान अधिकारीले बाटोको म्यादबाहेक चौबीस घण्टाभित्र अदालतसमक्ष उपस्थित गराई हिरासतमा राख्नुपर्ने हुन्छ। सरकारी वकिलको कार्यालयले मुद्दा चल्ने या नचल्ने निर्णय गर्छ।

नेपालले मतदातालाई लोभ लालच देखाएको र आर्थिक प्रलोभनमा पारेको आयोगको आरोप छ। यो आरोप पुष्टि हुने हो भने एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुनेछ। तर, अहिले निर्वाचन आयोगले भने नेता नेपाललाई निर्वाचन कसुरमा अनुसन्धान गर्न मात्र भनेको, कारबाही गर्न नभनिएको भन्दै पन्छिएको छ।

यस्तै प्रधानमन्त्री पत्नी आरजु राणाले असोज २३ मा डडेल्धुराको कार्यक्रममा युवालाई ‘फ्रि भिसा फ्रि टिकट’ मा विदेश पठाउने आश्वासन दिएकी थिइन्। उनले बेरोजगार चार सयभन्दा बढी युवालाई निःशुल्क भिसा र टिकटमा विदेश पठाएको समेत सुनाएकी थिइन्। राणाले स्थानीय तह निर्वाचनका बेला कैलाली पुगेर युवालाई वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिएकी थिइन्। आयोगले उनलाई भने स्पष्टीकरण सोधेन।

‘प्रधानमन्त्री पत्नीले फ्रि भिसा फ्रि टिकटमा विदेश पठाउँछु भन्दा पत्र पनि काट्न नसक्ने आयोगले मुलुकमा भएको व्यवस्थाको व्याख्या गर्दा स्पष्टीकरणसँगै कारबाही गर्न प्रहरीलाई पत्र पठाएको छ,’ समाजवादीका एक नेताले भने। दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार