शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • छेडेदह साहित्य प्रतिष्ठान द्वारा आयाेजित बृहत सास्कृतिक तथा रचना बाचक कार्यक्रम सम्पन्न

छेडेदह साहित्य प्रतिष्ठान द्वारा आयाेजित बृहत सास्कृतिक तथा रचना बाचक कार्यक्रम सम्पन्न

  • बिहिबार, कार्तिक ३, २०७९
छेडेदह साहित्य प्रतिष्ठान द्वारा आयाेजित बृहत सास्कृतिक तथा रचना बाचक कार्यक्रम सम्पन्न

टेक बहादुर बुढा /बाजुरा — जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका स्थित छेडेदह साहित्य प्रतिष्ठान द्वारा आयाजित बृहत सास्कृतिक तथा रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । छेडेदह साहित्य प्रतिष्ठान काे आयाेजनामा र खप्तड छेडेदह गाउँपालिकाकाे प्रायाेजकमा कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष गणेश बुढाले बताएका छन ।

हाम्रा लागि छेडेदह , छेडेदहका लागि हामी भन्ने मुल नाराका साथ बुधबार छेडेदह तालमा उक्त कार्यक्रम सम्पन्न भएको बताईएकाे छ ।उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गणेश बुढाकाे अध्यक्षतामा सरु भएको कार्यक्रममा प्रमुख अथिति खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत रहेका थिए ।

त्यस्तै विशिष्ट अथिति गाउँपालिका उपाध्यक्ष बिसु नाथ , सुदुर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायत , रेडियो बाजुराका स्टेसन म्यानेजर तथा छेडेदह साहित्य प्रतिष्ठानक सल्लाहकार समिति का संयाेजक कृष्ण ओली ,लगायत अन्य व्यक्तत्वहरु रहेका थिए । त्यस्तै अथितिमा वडा नंः ७ का वडा अध्यक्ष खगेन्द्र रावत , ४ का अध्यक्ष दल बहादुर धामी , गाउँपालिका स्तरीय बाल सञ्जाल समिति अध्यक्ष सनम सुनार , सञ्चारकर्मी, जेष्ठ नागरिक का साथै दर्जनौं बढि स्थानीय कालाकाहरु रहेका थिए । कार्यक्रममा विभिन्न साहित्य सर्जकहरुले रचना बाचन गर्नुका साथै हर्क खडायत , पदम कठायत लगायत विभिन्न देउडा गायकहरु विच लाईभ देउडा पनि भएकाे थियाे । उक्त कार्यक्रममा उपस्थिति सरकारवालाहरुले जिल्लाकै प्रमुख पर्यटकिय स्थलका रुपमा रहेकाे छेडेदह तालकाे संरक्षण , सम्बर्द्धन मा गाउँपालिका लगायत विभिन्न निकायहरुले ध्यान दिनुपर्ने बिषयमा जाेड दिएका थिए ।

त्यस्तै कार्यक्रम गर्नुकाे मुख्य उदेश्य भनेकाे हाम्राे सामाजिक मुल्य मान्यता , रितिरिवाज, सास्कृति लागायत विभिन्न कुराहरुकाे जगेर्ना र स्थानीय कलाकारहरुका अन्तरनिहित प्रतिभा प्रस्फुटन का लागि कार्यक्रमकाे आयाेजना गरिएको गाउँपालिका स्तरीय बाल सञ्जाल समितिका अध्यक्ष सनम सुनारले बताए । कार्यक्रममा प्रतिभा प्रस्तुत गर्न कलाकार , विभिन्न समाज परिवर्तनका लागिपरेका विभिन्न व्यक्ति , गाउँपालिका स्तरीय बाल सञ्जाल र अन्य लाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा जिल्लाकाे बहुचर्चित अनलाइन मिडिया बडिमालिका खबरलाई पनि समाजका हरेक सवालहरु, नागरिकहरुका समस्याहरुलाई सम्बन्धित निकायसम्म पुर्याउन र प्रतिष्ठानलाई सहयोगका लागि महत्त्वपूर्ण भूमिका खेलेकाे भन्दै प्रशंसा पत्रका साथ सम्मान गरेकोे थियोे । उक्त कार्यक्रममा मीन बहादुर खड्काकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन शैलेस रावतले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार