आइतवार, मंसिर २३, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका सबै सडक अबरोध, सडक खुलाउन पहल भइरहेकाे छ-प्रशासन

बाजुराका सबै सडक अबरोध, सडक खुलाउन पहल भइरहेकाे छ-प्रशासन

  • बुधबार, कार्तिक २, २०७९
बाजुराका सबै सडक अबरोध, सडक खुलाउन पहल भइरहेकाे छ-प्रशासन

बाजुरा–बाजुरा जिल्लाका सबै सडक बर्षातका कारणले अबरोध भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । बाजुराका मुख्य राजमार्ग साँफे मार्तडी सडक खण्ड, मार्तडी कोल्टि सडक खण्ड र कर्णाली करिडोर अबरोध रहेको साहयक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले वताएका छन् ।
बाजुराका मुख्य तिन राजमार्ग सँगै ९ वटा स्थानिय तहका दर्जन बढी सडक बर्षातले क्षेतबिक्षेद भएर सडक अबरोध भएका छन् । साँफे मार्तडी र मार्तडी कोल्टि सडक खुलाउने काम भइरहेको छ । कर्णाली करिडोर सञ्चालनका लागि पनि पत्रचार भइरहेको साहयक प्रमुख जिल्ला अधिकारी बिष्टले वताए ।
सडक अबरोध हुदा दैनिक उपभोग्य सामानको अभाब सँगै बिरामीलाई समस्या भएको छ । जिल्ला बाट बाहिर रिफर गरेका बिरामीलाई उपचारमा जिल्ला बाहिर लिन निकै समस्या भएको स्थानियले वताएका छन् । पाँच बर्ष देखि बर्षाका चार पाँच महिना बन्द हुदै आएको बल्दे अमकोट सडकको समस्यले धेरै बिरामीले समयमा उपचार नपाएर समस्य भोग्दै आएका छन भने कयौको समयमा अस्पताल नपुग्दै ज्यान गुमाउनु परेको छ । जिल्ला सदरमुकाम जोड्ने एक मात्र राजमार्ग साँफे मार्तडी सडक खण्डको बल्दे अमकोट सडक पाँच महिना देखि नखुल्दा बाजुरा जिल्लाका बिरामी समस्यमा परेका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले असारको पहिलो साताबाट सडक अबरुद्ध भएको र सडक अबरुद्ध हुदा नागरिकले अत्यन्तै दुख पाएका बताए । सदरमुकाम जोड्ने एक मात्र राजमार्ग त्यहि हो करिव डेढ दुई किलो मिटर सडक खण्डमा ठुलो पहिरो गएकोले तत्काल खुलाउन सक्ने अवस्था रहेन । बर्षात पनि अहिलेसम्म नरोकिएकोले सडक खुलाउन समस्या भएको वताए । सडक सच्चालन हुदा १७ सय पर्ने खाना पकाउने ग्यासको मुल्य २४ सय पुगेको छ । उपभोक्ताको माग बढी भयो भरियाद्धार उपभोक्ताको माग धन्न नसक्दा ग्यास लगाएत दैनीक उपभोग्य सामाग्रीको अभाब भएको छ । त्यसै गरि १ सय रुपैयामा पाईने खाने तेलको मुल्य १ सय १५ रुपैया बढीमा पर्ने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार