शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य रावल एमालेमा प्रवेश

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य रावल एमालेमा प्रवेश

  • शुक्रबार, अशोज २८, २०७९
नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य रावल एमालेमा प्रवेश

बाजुरा — नेकपा एकीकृत समाजवादी पार्टीका बाजुराका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य गगन रावल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शुक्रबार उनलाई सदरमुकाम मार्तडीमा रहेकाे नेकपा एमालेकाे पार्टी कार्यालयमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा स्वागत गरेका हुन् ।
तत्कालिन नेकपा हुँदा रावल प्रचण्ड- माधव समूहबाट बाजुरा जिल्लामा समानान्तर कमिटीकाे अध्यक्ष बनेका थिए । पछि नेता रावल एमालेबाट छुट्टिएकाे माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजजादी पार्टीकाे जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य भएका थिए ।  समाजवादी पार्टी छाडेर पुनः एमालेमा फर्किएका रावलले पार्टीवाट उम्मेदवार बनेका ३ वटै नेताहरूलाई जिताउन सकृयता पुर्वक ढंगले लाग्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार