अब त चुनाव लड्न पनि धन चाहिन्छ,
कहां बाट ल्याउँने बारूद गन चाहिन्छ।
पुग्दैन तिम्रो सम्पतीले त जमिर नबेची,
धेरै चम्चाहरू आसे पासे डन चाहिन्छ।
देशभक्त र न्यायप्रेमी धेरै गरिखाने परे,
चुनाव जित्नकै लागी त जन चाहिन्छ।
सक्दैनौँ हामिले राजनीति गर्नै सक्दैनौँ,
कोमल दिल होइन कठोर मन चाहिन्छ।
नीति सिधान्त भन्दा नी प्यारो सम्झौता,
पत्थरको मन र दर्विलो बदन चाहिन्छ।
सबैका घोषणापत्र पढौँ किन छुट्टिएका,
सबैलाई सत्ताकै अमुल्य रतन चाहिन्छ।