शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • फुटबल
  • बर्षातका कारण छेडेदह फुटबल कप ४ दिनपछी संचालन भयाे

बर्षातका कारण छेडेदह फुटबल कप ४ दिनपछी संचालन भयाे

  • बुधबार, अशोज २६, २०७९
बर्षातका कारण छेडेदह फुटबल कप ४ दिनपछी संचालन भयाे

बाजुरा — छेडेदह स्पोर्ट क्वलबले आयोजना गरेको चौथो छेडेदह फुटबल प्रतियोगिता बर्षातका कारण ४ दिन पछी आजदेखी स‌चालन भएकाे छ । असोज २२ गतेबाट सुरु हुने गरि तयारी थालिएको फुटवल प्रतियोगिता बर्षतका बुधबारबादेखी सुरु भएकाे आयाेजकले जनाएकाे छ ।

बुधबार एक कार्यक्रमका बिच प्रमुख अतिथि समेत रहेका पुर्व उध्याेग मन्त्री कर्ण बहादुर थापाले  उद्धघाटन गरेका छन ।  छेडेदह स्पोर्ट क्वलबका अध्यक्ष लाेकेन्द्र खड्काकाे अध्यक्षतामा स‌ंचालन भएकाे कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री कर्ण बहादुर थापा रहेका थिए । विशिष्ट अतिथि प्रतिनधी सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापा, संबिधान सभा सदस्य महा नेपाली, नेापली काँग्रेसका नेता पदम शाही र लालबहादुर अाेली रहेका थिए ।

No description available.

त्यसै गरि  नेकपा एमाले बाजुरा जिल्ला कमिटी सचिव भरत थापा, नेपाली काग्रेसका सह सचिव  सुरेन्द्र सिंह, नेकपा एमालेका नेता काशी बिक, खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत उपाअध्यक्ष बिशु नाथ, गाैमुल गाउँपालिका उपाअध्यक्ष सिता थापा लगाएतका अतिथिहरू   रहेकाे आयाेजकले जनाएकाे छ ।

No description available.

बाजुरा जिल्लाकै सर्बाधिक राशिको फुटबल प्रतियोगिताका पुरस्कारहरुमा प्रथम पुरस्कार २ लाख ३३ हजार ३ सय ३३ र द्धितीय पुरस्कार  १ लाख २२ हजार २ सय २२ राशी रहेने भएको छ । साथै पाँच जनालाई मेडल, ट्रफि, प्रमाण पत्र सबैलाई प्रदान गरिने जनाएको छ । जसमा १६ वटा टिम सहभागी रहेका छन ।  त्यसै गरी विधामा दिईने पुरस्कार उत्कृष्ट खेलाडी, उदय मान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाइ समेत पुरस्कारको ब्यबस्था गरिने आयोजकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार