शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाचार
  • बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

  • बिहिबार, अशोज २०, २०७९
बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

मकवानपुर– बाराको अमलेखगञ्जमा आज बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ ।

चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप १–१ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा ७ पुरुष र ६ महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।

इन्सपेक्टर श्रेष्ठका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल, हेटौंडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार