शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाचार
  • आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

  • बिहिबार, अशोज २०, २०७९
आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौंः आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही , गण्डकी प्रदेशका थोरै ,बागमती प्रदेश,मधेश प्रदेश र प्रदेश नं १ का एक(दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ।

गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै साथै गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार