शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव

बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव

  • सोमवार, अशोज १७, २०७९
बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव

बाजुरा–बाजुराको कोल्टीमा रहेको स्वास्थ्य केन्द्रमा औषधिको अभाव हुन थालेको छ। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या लिएर दैनिक एक सयभन्दा बढी बिरामी आउने गरे पनि औैषधि अभावले उपचारमा समस्या भएको छ।

स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने बिरामीले अहिले सिटामोलसम्म नपाउँदा थप सास्ती भोग्नुपरेको हो। बाजुराको कुन्ना क्षेत्रलगायत छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोटका बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पछिल्लो समय औषधि अभावले उपचारमा समस्या भएको छ । स्वास्थ्य केन्द्रमा भएको औषधि सकिएको र अन्य औषधि ढुवानी नभएका कारण अभाव सिर्जना भएको हो।

सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा सेवाग्राही निजी मेडिकल धाउने गरेको गुनासो छ । स्वास्थ्य केन्द्रमा प्रायः बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, वाकवाकी लाग्नेजस्ता लक्षण भएका बिरामी आउने गरेका छन्। बुढीनन्दा नगरपालिकाका उप प्रमुख रामबहादुर बोहराले स्वास्थ्य केन्द्रमा औषधि र डाक्टरको व्यवस्थापनको काम भइरहेको बताए।

चर्चामा

सम्बन्धित समाचार